काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का सचिव आलोक रायमाझी भन्छन्, “अहिलेको राजनीतिक अन्योल र राजनीतिक अस्तव्यस्तता दलाल संसदीय व्यवस्थाको उपज हो । संसदीय व्यवस्थामा यस्तो हारालुछ हुनु स्वाभाविक छ । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली यो दलाल संसदीय ब्यबस्थाको उत्तम पात्र हुन् । केपी ओलि मुक्त देश नबनाए संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने पक्का छ ।”
“यो दलाल व्यबस्थाका प्रधानमन्त्री केपी ओलि नक्कली र ढोङी राष्ट्रवादी हुन् वास्तवमा उनी खतरनाक इन्डो – अमेरिकी रणनीतिका मतियार हुन् त्यसकारण प्रचण्ड उनी भन्दा कैयौं गुणा देशभक्त छन्” उनी अगाडि थप्छन् “संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा मुल योगदान कमरेड प्रचण्डको छ, संघीय लोकतान्त्रिक गणतन्त्रका पिता प्रचण्ड हुन् ।
प्रचण्डले अब कुनै आग्रह पुर्बाग्रह बिना माओवादी र पुर्व माओवादीलाई एक ठाउँ ल्याउन मुल भुमिका खेलेर सबै एक ठाउँ ल्याउन भुमिका खेले भने असली नायक रहिरहन बाट कसैले रोक्न सक्ने छैन ।
सबैलाई एकठाउ बनाउन म र हाम्रो पार्टीले उनलाई पुरै सहयोग गर्ने छ, तर अब मालेमावाद लाई स्विकार्दै अगाडि बड्नुको विकल्प छैन । अब प्रचण्डले मालेमाबादीहरु लाई एक ठाउँमा ल्याउन ढिलो गर्नु हुदैन, अगाडि भने” सत्ता समीकरणका लागि जे जस्ता खेल भइरहेका छन् तिनले नेपाल र नेपाली जनताका लागि केही फरक पर्नेछन् ।
मुलुकको स्थिति झन भद्रगोल हुनेछ । तर, ओलीलाई विस्थापित गर्न जरुरी छ ।” नेता रायमाझीले अगाडि थपे “केपी ओलि मुक्त देश नबनाए संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने पक्का छ । गणतन्त्रका पिता प्रचण्ड हुन् भने गणतन्त्रको कट्टर बिरोधि केपी ओलि हुन ।”
अदालतको निर्णय पछी गोपाल किराती नेतृत्वको नेपाल ९माओवादी केन्द्र०ले के निर्णय गर्छ हेर्न बाकी नै छ । नेता रायमाझी त्यही पार्टीका सचीव हुन ।