खसीको मासु भनेर बाख्रीको मासु बिक्री गरेको आ,रोपमा चार जना पक्राउ

काठमाण्डौ । खसीको मासु भनेर बाख्रीको मासु बिक्री गरेको आ,रोपमा महानगरीय प्रहरी परिसर काठमाण्डौले कलङ्कीको खसी बजारबाट चार जनालाई प,क्राउ गरेको छ ।

खसीको मासु भनी बाख्रीको मासु बेचेको आरोपमा प्रहरीले भारतको बिहार बहराई घर भइ कलङ्की बस्दै आएका मासु पसलका सञ्चालक ६७ वर्षीय गुलाम रसोल क्रोसिलसहित चार जनालाई प,क्राउ गरेको हो।

प,क्राउ पर्नेमा रसोलसहित बिहार बहराईकै २५ वर्षीय जवीर क्रोसिल, २१ वर्षीय जावीर क्रोसिल र ५० वर्षीय मटान पुरेसी रहेका प्रहरीले जनाएको छ । उनीहरुले बाख्रीको मासुलाई खसीको मासुसँगै मिसाएर बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट बिक्रीका लागि राखिएको १५ वटा जिउँदा बाख्री र काटेर राखिएको दुई वटा बाख्रीको मासु बरामद गरिएको महानगरीय प्रहरी परिसर प्रवक्ताका प्रहरी उपरीक्षक उमेश कुमार बस्नेतले जानकारी दिनुभयो ।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = two