काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जति गा,ली गरे पनि आफू पार्टी एकता होस् भन्ने पक्षमा रहेको बताएका छन् । आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पार्टी एकतामा जोड दिएका हुन् ।
आफूहरुले दक्षिणपन्थी विचारविरुद्ध संघर्ष गर्दै आएको र यसका लागि एकतावद्ध भएर अगाडि बढ्नुपर्ने उनले बताए । ‘केपी ओलीले मलाई जति नै गा,ली गरे पनि म अहिले पनि पार्टी एकता होस् भन्ने पक्षमा छु । एकताका लागि मेरो प्रयत्न जारी छ,’ उनले भनेका छन् ।
नेताहरुले केपी ओलीले हामीले अलमल्याउन खोजेको त होइन भन्ने आशंका व्यक्त गरेको भन्दै उनले भनेका छन्, ‘म त्यस्तो नहोला भन्ने ठान्छु र एकतामा जोड दिन चाहन्छु ।’
पार्टी एकताका लागि प्रयत्न गर्नुपर्ने भन्दै उनले आलोचना गर्दा संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन् ।