दुर्गेश थापालाई बहिस्कार होइन, सदस्यताबाट वञ्चित गरिएको हो : प्रतिष्ठान

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायक दुर्गेश थापालाई बहिस्कार नभई सदस्यताबाट वञ्चित गरेको जानकारी दिएको छ।

प्रतिष्ठानले आइतवार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा लेखिए जस्तो दुर्गेशलाई बहिस्कार नभएर साधारण सदस्य नरहने गरी सदस्यता खारेज गर्ने निर्णय गरेको बताएको छ।

केही समयअघि गायक दुर्गेश थापाले तीज गीत ‘बीच्च बीच्चमा ४( ख्यास्स पुतली’ बोलको गीत ल्याएका थिए।

गायक दुर्गेशको सो गीत सार्वजनिक गर्नुअघि नै गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स’ हटाउन प्रतिष्ठानले ध्यानाकर्षण गराएको थियो। साथै, प्रतिष्ठानले साउन ७ गते नै दुर्गेशलाई ध्यानाकर्षण पत्र समेत बुझाएको थियो। तर, दुर्गेशले भने प्रतिष्ठानको अनुरोधलाई बेवास्ता गर्दै शब्द परिवर्तन नगरी ‘ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरे।

संस्थाको आग्रहलाई नमानेपछि प्रतिष्ठानले दुर्गेश थापालाई संस्थाबाट नै बहिष्कार गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्षले जानकारी दिएका थिए। तर, प्रतिष्ठानले औपचारिक विज्ञप्ति भने सार्वजनिक गरेको थिएन। बहिष्कार गर्ने निर्णयको सामाजिक सञ्जालमा निकै आलोचना हुन थालेपछि प्रतिष्ठानले निर्णय परिवर्तन गर्दै आज एक विज्ञप्ति निकालेको हो।

‘प्रतिष्ठानको मिति २०७८ असार १७ गते बसेको केन्द्रीय समितिको बैठकबाट विधानतस् परिच्छेद ९७० धारा ९२६० को उपधारा १ बमोजिम निजको साधारण सदस्य खारेज गर्ने निर्णय गरिएको छ,’ प्रेस विज्ञप्तिमा उल्लेख छ।

तर, दुर्गेशले भने विवादबीच नै प्रतिष्ठानलाई जवाफ दिन ‘बहिस्कार’ बोलको गीत ल्याउने समेत घोषणा गरेका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety six ÷ = forty eight