मर्ने बेला हरियो काक्रो ! हैदरावादबिरुद्ध धोनीको टिम चेन्नाईको सहज जित

काठमाडौं। सनराइजर्स हैदराबादलाई २० रनले हराउँदै साविक उपविजेता चेन्नई सुपर किङ्सले आईपीएल टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । दुबईमा गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई २० रनले पराजित गर्दै चेन्नईले तेस्रो जित निकालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनायो । चेन्नईका शेन वाट्सनले ४२ रन जोडेका थिए भने अम्बाती रयदुले ४१ रन बनाएका थिए। त्यस्तै रविन्द्रले २५ रनको योगदान गरेका थिए। हैदरावादका बलर खालिद अहमदसन्दीप शर्मा र टी नटराजनले २-२ विकेट लिएका थिए ।

जवाफमा चेन्नईले दिएको १६८ रनको विजयी लक्ष्य पच्छ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउदै १४७ रन मात्र बनाएपछि चेन्नई २० रनले विजयी भएको हो । हैदरावादका लागि केन विलियम्सनले सर्बाधिक ५७ रन बनाए भने जोनी बैरस्ट्रवले १६, विजय शंकरले १२, राशिद खानले १४ रन बनाएका थिए । चेन्नईका करण शर्मा र ड्वेन ब्राभोले २/२ तथा शार्दुल ठाकुर, रविन्द्र जडेजा र साम करनले १/१ विकेट लिए।

यो जितसँगै चेन्नईले ८ खेलमा तेस्रो जित हासिल हरेको छ भने ५ हार बेहोरेको छ । त्यस्तै हैदरावादको पनि ८ खेलमा यो पाँचौ हार हो भने अहिले सम्म ३ खेल जितेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

42 ÷ seven =