काठमाडौं( नेपाली कांग्रेस सिम्जुङ–काठमाडौं सम्पर्क मञ्चका तत्कालिन सचिव गणेश अधिकारी नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । नेपाली कांगेस निकटको सम्पर्क मञ्चका सचिवरहेका अधिकारी माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
अजिरकोट गाउँपालिका–४, सिम्जुङ झ्यावाका अधिकारी लामोसमयदेखि नेपाली कांग्रेस निकट विभिन्न संघ सस्थामा आबद्व भएका थिए । शनिबार एक कार्यक्रमकावीच माओवादी केन्द्रका प्रवत्ता नारायणकाजी श्रेष्ठले अधिकारीलाई स्वागत गरेका हुन् ।
अधिकारी माओवादी केन्द्र प्रवेशले कांग्रेसका गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीलाई धक्का भएको छ ।
कांग्रेस भित्र विचौलीया भनेर चिनिएका दवाडी पैसाकै आडमा समाजसेवा गरेको र समाजसेवाकै आडमा राजनिति गरेको भन्दै जिल्लाका पूराना कांग्रेस नेता तथा कार्यकर्तासंग बोलचाल नै बन्दभएको समयमा अधिकारी माओवादी प्रवेश गर्नु सांसद दवाडीलाई धक्का पुगेको कांग्रेस जिल्ला तहका नेता नै बताउछन् ।
झ्यावा दवाडीको गृह वडा हो। लामोसमय सांसद दवाडीसंगै राजनीति गरेका अधिकारी माओवादी केन्द्र प्रवेश गरेपछि उनी एक्लिएका छन् ।