काठमान्डौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई पुन नियुक्त गरिएको छ । पछिल्लो समय विद्युत आपु,र्तिमा समस्या भएको भन्दै सरकारले कुलमानलाई फेरि प्राधिकरणमा ल्याएकाे हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माअाेवादी केन्द्र का अध्यक्ष प्रचण्ड ले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका हुन् ।
यो पनि पढ्नुहोस: प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका छन् ।
मंगलबार उर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरु गर्न निर्देशन दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर रा,जीनामा दिन भनेकी छन् । स्रोतहरूका अनुसार शा,क्यले राजीनामा नदिए सरकारले उनलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।
“उहाँले नेपाल सरकारसँग कार्यसम्पादनको करार गर्नुभएको छ। त्यहीअनुसार काम सन्तोषजनक नभएको भन्दै सरकारले स्प,ष्टी,।करण सोध्न सक्छ,’ स्रोतले भन्यो,‘स्पष्टीकरण चित्त नबुझे सरकारले उनलाई ह टाउन सक्छ ।’