
काठमाण्डौ। भारत सरकारका वर्तमान अधिकारीले पूर्वी लद्दाखमा यदि चीनले लक्ष्मण रेखा पार गरे भारतले यसको जवाफमा आवश्यक का’रवाही गर्ने बताएका छन् । पत्रिका टाइम्स अफ इन्डियामा छापिएको खबर अनुसार अधिकारीले चिनियाँ सेनाको निर्माण कार्य रोक्नका लागि र उचाईमा जाने कोसिसबाट उनीहरुलाई रोक्नका लागि भारतले लाइन अफ एक्चुअल कन्ट्रोल नजिकै फर्वर्ड पोजिसनमा सेनाको तै’नाथ बढाइदिएको बताएका छन् ।
पत्रिकाले लेखे अनुसार बिहिबार मस्कोमा भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ्ग यीको एक महत्वपूर्ण बैठक हुँदैछ । त्यसअघि सोमबार पूर्वी लद्दाखको चुशुल सेक्टरमा मखपुरी टप नजिकै चिनियाँ सैनिकको तर्फबाट गो’ली च’लाइ’एको छ । ४५ वर्षमा पहिाृे पटक एलएसीमा गो’ली च’लाइएको हो ।
यसअघि अगस्ट २९ र ३० मा चुशुल इलाकाको पेन्गंग सो नजिकै चिनियाँ सैनिक टु’कडी र सेनाको ट्या’ङ्कको मार्च निकालिएको थियो । भारतीय सेनालाई तर्साउने उद्देश्यले यस्तो शक्तिप्रदर्शनको आयोजना गरिएको अनुमान गरिन्छ । वर्तमान अधिकारीलाई उद्धृत गर8Dदै पत्रिकाले लेख%Aका छ – सीमामा जे भइरहेको छ त्यसलाई केवल क्रिया–प्रतिक्रियाको रुपमा मात्रै हेर्नु हुँदैन ।
उनले भनेका छन्, ‘हालको तनावको स्थितीका लागि चीनका वर्तमान राजनीतिक–सैनिक अधिकारीको तर्फउबाट आइरहेको निर्देशन हो, यो स्थानीय स्तरको कमान्डरको तर्फबाट आएको होइन । यस्तोमा यो तनावले कुनै पनि मोड अख्तियार गर्न सक्छ । तर यदि चीनले यु’द्ध सुरु गर्न चाहन्छ भने उसले यसको ठूलो मूल्य चु’काउनुपर्छ ।’
वर्तमान अधिकारीले चिनियाँ सेनाले सीमामा अग्लो उचाई भएका इलाकामाथि कब्जा जमाउने कोसिस गर्न सक्ने बताउँदै योसँग जुध्नका लागि भारतीय कमान्डरलाई पूर्ण स्वतन्त्रता दिइएको जानकारी दिए।