राष्ट्रपति कार्यालय कब्जासँगै तालिबानद्वारा युद्ध समाप्तिको घोषणा !

काठमाडौं । २० वर्ष लामो गृहयुद्धपछि सत्ता कब्जा गरेको तालिबानले अफगानिस्तानको काबुलस्थित राष्ट्रपति कार्यालय कब्जा गरेसँगै युद्ध सकिएको घोषणा गरेको छ । राष्ट्रपति असरफ घानी देश छोडेर भागेसँगै युद्ध सकिएको घोषणा भएको हो ।

आइतबार राजधानी काबुल कब्जा गरेसँगै तालिबानका राजनीतिक सल्लाहकारले युद्ध समाप्त भएको घोषणा गरेका हुन् । अब लामो समय अफगानिस्तानलाई तनावपूर्ण स्थितिमा राख्न नचाहेको कुरा अन्तर्राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेका छन् ।

– कसले सम्हाल्लान् अफगानिस्तानको नेतृत्व ?
– अफगानिस्तानलाई इस्लामिक राष्ट्र घोषणा गर्ने तयारी

तनावपूर्ण अवस्था अन्त्य गर्दै नयाँ सरकार गठन गर्ने तालिबानको तयारी छ । तालिबानले बनाएको सरकारलाई अन्तर्राष्ट्रिय मुलुकले मान्यता दिन्छन् या दिँदैनन् भन्ने विषय पनि महŒवपूर्ण रहेको छ ।

पाकिस्तान, रुस र चीनले मान्यता दिने संकेत दिइसकेका छन् भने अन्य देशले भने निर्णय लिइसकेका छैनन् । अफगानिस्तान सार्कको कान्छो मुलुक पनि हो । सन् २००७ देखि भारतको पहलमा अफगानिस्तान सार्कको सदस्य भएको थियो । चौथो शिखर सम्मेलनदेखि अफगानिस्तान सामेल रहँदै आएको छ । अब यो देशसँग सार्कका सदस्य राष्ट्रको भूमिका कस्तो रहला यसै भन्न सक्ने अवस्था छैन ।

अफगानिस्तानलाई इस्लामिक राष्ट्र घोषणा गर्ने तयारी
अफगानिस्तानको राजधानी काबुल कब्जा गरेसँगै सशस्त्र विद्रोही तालिबानले सरकार निर्माणपछि इस्लामिक राष्ट्र घोषणा गर्ने तयारी गरेका छन् ।
आइतबार रातिदेखि नै राष्ट्रपति निवासमा अफगान सरकार र तालिबानीका प्रतिनिधिबीच सुरु भएको वार्ता सोमबार बिहानसम्म जारी रहेको बताइएको छ । सो वार्तामा तालिबानीलाई वैधानिक रूपमा सत्ता हस्तान्तरण गर्ने विषयमा कुराकानी भइरहेको अनुमान गरिएको भए पनि यस विषयमा सरकारका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

अफगानिस्तानमा राजधानीतर्फ तालिबानी विद्रोहीहरूले प्रवेश गरेपछि अफगानी गृहमन्त्रीले सरकार शान्तिपूर्ण रूपमा तालिबानीलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका थिए । यता अफगानिस्तानमा रहेका विदेश नागरिक आफैं पनि आफ्नो देश फर्किरहेका छन् । आफ्नो देश फर्कन चाहनेहरूलाई तालिबानहरूले बदलाको भावमा कसैलाई पनि केही नगर्ने बताएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× seven = fifty six