हात जोडेर ओलीको ब्यङ्ग्या – ‘प्लिज, एमालेका केही व्यक्तिलाई मन्त्री बनाइदिनुहोस्’ !

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका केही सांसदले मन्त्री बन्न पाउँ भन्दै प्रधानमन्त्री देउवासँग आग्रह गरेको भन्दै व्यङ्ग्य गर्नुभएको छ ।

प्रतिनिधि सभाको आज मङ्गलवारको बैठकमा अध्यक्ष ओलीले मन्त्री पाउँ भन्दै केही सांसदले रातरदिन प्रधानमन्त्री देउवाको चाकडी गरिरहेको भन्दै हात जोडेरै मन्त्री बनाइदिन व्यङ्गात्मक आग्रह गर्नुभएको हो ।

देउवासँग हात जोड्दै ओलीले भन्नुभयो, ‘मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर कुदेका छन् । हिरिक हिरिक हिरिक भएका छन्, यति त गराइसक्नुभयो, पछि त लगाइसक्नुभयो ।

कुद्या छन् कुद्यै छन्, फ्याँफ्याँ भएका छन् । बिहान बेलुका चाकरी बजाइरहेका छन् । मेरो दलमा अलिकति घाटा भएमा सहुँला बुझाउन मन्त्री दिनुस्, प्लिज ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

3 + seven =