काठमान्डौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङले पदबहाली गर्दैछन् । सोमबारको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा ४ वर्षका लागि नियुक्त गरेको हो ।
उनलाई गरिएको नियुक्तिबारे आधिकारिक जानकारी सरकारले दिएको दिएन सोमबार रातिसम्म पनि कुलमानले आफूलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको बारेमा जानकारी नआएको बताएका थिए ।
प्राधिकरणको ४ वर्षे कार्यकाल पूरा गरी गत साल भदौ २९ गते बाहिरिएका कुलमान करिब ११ महिनापछि पुनः प्राधिकरणमा फर्किएका हु्न् ।
कुलमानले उर्जा मन्त्रालयबाट मंगलबार नै पत्र बुझिसकेका छन् । बुधबार प्राधिकरण पुगेर पद बहाली गर्न लागेका हुन् ।
कुलमानलाई विद्युत प्राधिकरणमा पुनः नियुक्ति गरिएको खबर बाहिरिएसँगै उनका समर्थकले मंगलबार साँझ माइतीघर पुगेर द्वीप प्रज्ज्वलन गरी खुसीयाली मनाएका थिए।