काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज (आइतबार) पनि बस्दै छ। बिहान ११ बजेदेखि सुरु हुने दोस्रो दिनको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि छलफल सुरु हुने कार्यतालिका छ।
केन्द्रीय सदस्यहरुको सुझावलाई समेटेर प्रस्ताव पारित गर्ने र पार्टीको सांगठनिक संचरना तथा राष्ट्रिय सम्मेलनको विषयमा समेत बैठकले निर्णय गर्ने तयारी छ।
शनिबारको बैठकमा प्रचण्डले आगामी निर्वाचनसम्म वाम–लोकतान्त्रिक गठबन्धन कायम राख्ने लगायतका विषय समेटेर आठ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गरेका थिए।
प्रचण्डको प्रस्तावमाथि छलफल गर्न केन्द्रीय सदस्यहरुलाई आठवटा समूहमा बाँडिएको छ।
Facebook Comments Box