न्युयोर्क । मेरा लागि सबै बराबर हुन् , सबै लाई सम्मान गर्छु म । म कसै संग गुण र दोषका आधारमा सहमति र असहमति प्रकट गर्दछु । यो मेरो अधिकार हो ।
हेल्लो भिम रावाल,सुरेन्द्र भण्डारी,हेम राज थापा,ज्ञानेन्द्र साहि, रमेश खरेल क्षितिज सापकोटा आदि आदि कता मुख लुकाएका छौ ? ओली ज्यु ले खुला संसदमा च्यालेन्ज गर्दा , प्रधानमन्त्री शेर बहादुर देउवा ले यस्तो बोल्दा कोहि बोल्न सकेउ ? रोडमा र पिढिउ पछाडी मात्र ठुल्ल ठुला गफ दिने हो ?
देश र जनताभक्त नेत को रहेछन् भन्ने थाहा भयो होलानि सबै लाई रु हिजो संसदमा पुर्ब प्रधानमन्त्री ओली ज्युले MCC को बारे बोल्नु भएको र आज प्रधानमन्त्री शेर बहादुर देउवा ज्यु ले दिनु भएको मन्तब्य ‘? MCC प्रचण्डका कारण नै आज सम्म पास हुन नसकेको स्पष्ट भएको छ ।
जुन बोलि मैले बोलेको छु , प्रचण्डको लाइन त्त्यहि छ , सलाम छ प्रचण्ड लाई । प्रचण्ड मानेका भए हिजो ओली प्रधानमन्त्री हुदा खेरि नै जस्ताको त्त्यस्तै पास हुने निश्चित थियो र आज पनि प्रचण्डले सहमति जनाए प्रधानमन्त्री शेर बहादुर ज्यु ले भोलि नै पास गर्नु हुन्छ ।
यु,द्धमा हरेक कुरा जायज हुन्छ , यदि यस्तो नहुने भए यु,द्ध नै हुदैन , दन्दकालका कुरा लिएर प्रचण्ड लाई बाच्न दिनु हुदैन, मार्नु पर्छ , यो देशद्रोही हो भन्नेको जमात धेरै छ, तर यो जमात लाई यति पनि ख्याल छैन कि यु,द्ध प्रचण्डले मात्र लडेका हैन , लाखौले यु,द्ध लडेका छन् , एउटा ब्याक्तिले हैन सिंगो माओबादि पाटी लडेको हो । बिश्वामा यस्ता युद्ध धेरै देशमा भएका छन् ।
आज यहि माओबादि पाटीको कारण यसरि रोडमा, टेलिभिजनमा अथवा हरेक तरिकाले घाटीका नसा फुलाए, घोक्रो सुक्ने गरि बोल्ने,कराउने र लेख्ने साथै हरेक प्रकारको आफ़्नो हकअधिकार माग्ने स्वातन्त्र पाएका छौ। अब यति सत्य बोल्दा र लेख्दा कसैको झोले र भक्त भईन्छ भने मैले केहि भन्नु छैन ।
समाजसेवि
हेम थापा न्युयोर्क