प्रचण्डको टार्गेट : आगामी निर्वाचन पछि प्रधानमन्त्री

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीलाई कसरी पहिलो शक्ती बनाउने गरि रणनीति बुनेको बारे आफू निकट नेताहरुलाई सुनाएका छन् ।

केन्द्रीय कमिटी बैठकमा प्रचण्डले अहिलेको गठबन्धनको सरकारलाई सफल बनाउन आफ्नो पार्टीको ठूलो हात रहेको बताएका थिए । त्यहि क्रममा शिर्ष नेताहरुले शेरबहादुर देउवालाई दिनु भन्दा किन प्रधानमन्त्रीमा आफूले दाबी नगरेको भन्ने प्रश्नमा प्रचण्डले आफ्नो रणनीति सुनाएका थिए ।

प्रचण्डले अहिले नेपाली कांग्रेसलाई प्रधानमन्त्री दिंदा यो डेढ वर्षमा भएका अपजसहरु सबै कांग्रेसको टाउकोमा जाने साथै यो समयमा धैर्य गर्नसके एमाले पार्टी फुटाएर केपी ओली र माधव नेपाललाई कमजोर बनाउने रणनीति सुनाएका थिए ।

प्रचण्डले भने, ‘अहिले म प्रधानमन्त्री हुनु भनेको टाउको दुखाई लिनु हो त्यो तपाईहरुले अहिले शेरबहादुर देउवालाई मन्त्री परिषद विस्तार गर्न नसक्नुमा देख्न सकिन्छ । फेरि सरकारमा जम्मा डेढ वर्ष सम्म किन बस्नु जबकि अहिले हाम्रो ठूलो प्रतिस्पर्धी भनेको केपी ओली र एमाले पार्टी हो ।

यो समयमा बाहिर बसेर एमाले पार्टी फुट्यो भने केपी ओली र माधव नेपाल कमजोर बन्छन र आउँदो चुनावमा यहि गठबन्धनबाट मैले प्रधानमन्त्री माग्न सक्छु । अहिले मैले चूप लागेर प्रधानमन्त्री देउवालाई दिएकोले अर्कोपल्ट मलाई दिन बाध्य हुन्छन र अर्को ५ वर्ष प्रधानमन्त्री बन्न पाईन्छ । अनि माओवादी केन्द्रलाई एक नम्बर पार्टी बनाउन सकिन्छ ।’

प्रचण्डले आफ्नो रणनीति सुनाएपछि माओवादी केन्द्रका शिर्ष नेताहरुले साथ दिएका थिए । प्रचण्डले आफ्नो रणनीति सुनाउदै गर्दा भने, ‘अहिलेको बेला हामी सरकारमा धेरै जना जान सकेनौ भने पनि ठूलो कुरा नमानौ । हामी सरकारमा जाने भन्दा पनि कसरी आउँदो चुनावमा जित्ने र प्रधानमन्त्रीमा दाबी गर्ने मुख्य विषय हो । त्यसपछि त छानी छानी मन्त्रालय पाईन्छ ।’

प्रचण्डले आफूले बुनेको रणनीति सुनाएपछि शिर्ष नेताहरुले साथ दिने वाचा समेत गरेका थिए । साथै बैठकमा प्रचण्डले अहिले माओवादी केन्द्रको ठूलो प्रतिस्पर्धी नेपाली कांग्रेस नरहेको बरु नेकपा एमाले र केपी ओलीलाई कमजोर बनाउन पार्टी एकजूट हुनुपर्ने उल्लेख गरेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

13 − ten =