काठमाण्डौ । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई भगवानको संज्ञा दिएका छन् । राष्ट्रियसभाको बैठकमा बोल्दै कानून ब्यवसायीसमेत रहेका बिडारीले प्रचण्डलाई देवताको संज्ञा दिएका हुन् ।
माओवादी अध्यक्ष प्रचण्ड आगो अर्थात भगवानको प्रतिक भएको तर केपी शर्मा ओलीले उनलाई नचिनेर डँढेलोको आरोप लगाएको विडारीको भनाइ छ । केही दिन अघि पूर्वप्रधानमन्त्री ओलीले प्रचण्ड विध्वंश मच्चाउने आगो भएको बताएका थिए ।
‘आगो अर्थात अग्नि देवता, आगो र डढेलोसम्मको अर्थ नबुझ्ने मान्छेहरु प्रधानमन्त्री भए, आगो गजबको चिज, अग्नि देवता, शक्ति, आगोलाई नजिस्क्याउ भन्ने चिज, डढेलो भनेको विध्वंश’, बिडारीले भने ।
सांसद बिडारीले सुकुम्बासीको निवेदन हाल्ने ९० प्रतिशत मानिस फर्जी भएको दावी पनि गरे । ‘अहिले ९० प्रतिसत उजुरी वेसुकुम्बासीको परेको छ, यो उजुरी प्राय जग्गा जमिन अन्त भएकाको परेको छ’, उनको भनाई थियो ।