यति भयङ्कर छ प्रचण्डले एमसीसी पास हुनै नदिने चट्टानी अडान लिनुको भित्री रहस्य !

काठमान्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, (एमसीसी) संसदबाट पास हुन सकेको छैन् । प्रचण्डकै अडानमा ओली सरकारले संसदमा पेस गरेको परियोजना अलपत्र छ ।

कतिपय नेताहरुले एमसीसी देशको हितविपरीत रहेको भन्दै यसलाई अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन्। कतिपयले यसले देश विकासमा सहयोग गर्ने भएकाले पास गर्नुपर्ने बताउँदै आएका छन् भने कतिपयले यथास्थितिमा नभइ यसलाई संशोधन गरी पास गर्नुपर्ने धारणा राखेका छन्।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले नै एमसीसीलाई सदनमा लगेर पास गराउने प्रयास गरेको थियो। तर, त्यो सम्भव भएन। शेरबहादुर देउवाको नेतृत्वको वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रममा पनि यसले स्थान पाएन।

ओली सरकारको समयमा पास नहुनु र हाल पनि न्यूनतम कार्यक्रममा नपर्नुको एउटै मुख्य कारण हुन् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । प्रचण्डले एमसीसीलाई यही अवस्थामा लागू गर्न नहुने बताउँदै आएका छन्। प्रचण्ड बिना संशोधन एमसीसीलाई पास गर्न नहुने अडानमा छन्। प्रचण्ड इफेक्टकै कारण सभामुख अग्नि सापकोटाले एमसीसीलाई टेबुल गर्न मानिरहेका छैनन्। सापकोटाले यस विषयमा बुधबार राष्ट्रिय सहमति गर्नुपर्ने बताएका छन्।

प्रचण्डले बाहिर जे भनेपछि अमेरिकाको बदला लिन एमसीसी रोकिरहेको रहस्य खुलेको छ । माओवादी जनयु,युद्धबेलामा अमेरिकाले माओवादीलाई आतङ्ककारीको सूचीमा राखेको थियो ।

त्यसमा प्रचण्डलाई मुख्य आतङ्ककारी भनिएको छ । माओवादीलाई आतङ्ककारीको सूचीबाट हटाउनलाई दवाव दिन प्रचण्डले बदला लिइरहेका छन् । उनले आफू र आफ्नो पार्टीलाई आत,ङ्क,कारीको सूचीबाट नहटाउँदा सम्म अमेरिकालाई केही पनि सहयोग नगर्ने अडान लिएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine × 1 =