काठमाण्डौ : आफूलाई गैरकानुनी ढङ्गले हटाइएको भन्दै नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा निवेदन दायर गरेका छन्।
आफूलाई अघिल्लो सरकारले चार वर्षका लागि नियुक्ति गरे पनि अहिले कुनै कारणविना गैरकानुनी ढङ्गले हटाइएको भन्दै शाक्यले पुनर्बहालीको माग गरेर सर्वोच्चमा निवेदन दर्ता गराएका हुन् ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिती र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएका छन् ।
Facebook Comments Box