माओवादीले सङ्गठनमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलितलाई स्थान दिने !

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले पुससम्ममा पार्टीको सङ्गठनात्मक अधिवेशन र सुदृढीकरण गर्ने निर्णय गरेको छ ।

आइतवार काठमाण्डौको एक पार्टी प्यालेसमा बसेको केन्द्रीय कमिटी बैठकले सङ्गठनात्मक अधिवेशन र सुदृढीकरण गर्ने निर्णय हरेक सङ्गठनमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित, युवालाई कम्तीमा २० प्रतिशत स्थान दिने गरी विधान संशोधन प्रस्ताव पनि पारित गरेको छ ।

यस्तै माओवादीले पार्टीका जिल्ला समिति खारेज गरेर जिल्ला समन्वय कमिटी गठन गर्ने भएको छ । पारित भएको विधान अन्तरिम विधानका रूपमा लागू हुनेछ ।

यस्तै भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइन काटेकै कारण दाचुर्लाका जयसिंह धामी बेपत्ता भएको भन्दै माओवादीले क्रुर घटनाको विरोध र आपत्ति जनाएको छ । यो घटनामा सरकारले कुटनीतिक छलफल गरेर दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरिएको छ ।

यस्तै गोर्खा सैनिकका माग पूरा गराउन बेलायतसँग कुटनीतिक छलफल गर्न, अफगानिस्तानमा रहेका नेपालीलाई छिटो उद्धार गर्न, सिन्धुपाल्चोक र मनाङसहितका जिल्लामा बाढी प्रभावितलाई छिटो पुनर्स्थापना गर्न र कोरोना महामारी नियन्त्रणमा सरकारले थप प्रभावकारी काम गर्नुपर्ने निष्कर्ष पनि माओवादीको केन्द्रीय कमिटीको बैठकले निकालेको छ ।

योसँग माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eleven − = four