पहिलो पटक आईफोन किन्न किड्नी बेच्नु नपर्ने, सस्तो फोन आईफोन ट्वेल्भ मिनी सार्वजनिक

एजेन्सी, २८ असाेज । एप्पलले आईफोन ट्वेल्भ सिरिज अन्तर्गत आईफोन ट्वेल्भ र आईफोन ट्वेल्भ मिनी सार्वजनिक गरेको छ । एप्पलले आईफोन ट्वेल्भ सिरिज अन्तर्गत सबैभन्दा सस्तो फोनको रुपमा आईफोन ट्वेल्भलाई अघि सारेको छ । यो फोनको मूल्य ६९९ डलरदेखि सुरू हुने जनाइएकाे छ । त्यसैगरी आईफोन ट्वेल्भको मूल्य ७९९ डलरबाट सुरु हुनेछ ।

आईफोन ट्वेल्भमा ६.१ इन्च स्किृन रहेकाे छ भने आईफोन ट्वेल्भ मिनीमा ५.४ इन्च स्क्रिन रहेकाे छ ।आईफोन ट्वेल्भ मिनीमा ओलेड डिस्प्ले, ए १४ चिपसेट, फाइभजी कनेक्टिभिटी र डुअल क्यामेरा सेटअप लगायतका विशेषता छन् । यसमा सुपर एक्सडीआर रेटिना डिस्प्ले रहेको छ ।

आईफोन ट्वेल्भ र आईफोन ट्वेल्भ मिनी ब्लु, ग्रीन, ब्ल्याक, ह्वाइट र प्रडक्ट (रेड) गरी पाँच कलर अप्सनमा उपलब्ध छन् । यी फोन आईओएस फोर्टिनमा सञ्चालन हुनेछन् । यी फाेन ६४, १२८ र २५६ जीबी स्टोरेजमा उपलब्ध भएका छन् । यसैबीच एप्पलका नयाँ आईफोनमा चार्जर र इयरबर्ड साथमा नआउने जानकारी कम्पनीले दियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− three = 6