यस्तो हुनेछ आइफोन १२, मूल्य कति ?

एजेन्सी- सन् २०२० मा एप्पलले आइफोन १२ ल्याउने भएको छ। यो अघिल्लो सिरिजभन्दा सानो आकारमा हुने बताइएको छ। एप्पलले आइफोन १२ चलाउन सजिलो हुने गरी सानो आकारमा सार्वजनिक गर्न लागेको हो।

अहिले भने एप्पल यस विषयमा छलफल तथा परामर्श गरिरहेको छ। एप्पलले १ सय २० हर्ज रिफ्रेस रेटको साथमा डिस्प्ले ५.८ इन्चबाट घटाएर ५.४ इन्च बनाउने छ।

आइफोन १२ मा पछाडि चार वटा क्यामेरा जडान गर्ने भनि बताइएको छ। यसअघि आइफोन ११ प्रोमा तीन वटा क्यामेरा समावेश गरिएको थियो। आइफोन १२ फाइभ जी समर्थनको साथ आउने अनुमान गरिएको छ।

यसअघि नै एउटा खबर आएको थियो । जस अनुसार आइफोन १२ मा एप्पलले पहिलोपटक क्वाड क्यामरा अर्थात् चारवटा मुख्य क्यामरा भएको फिचर राख्नेछ । त्यसमा एउटा वाइड एंगल क्यामरा, एउटा अल्ट्रा वाइड, एउटा टेलिफोटो र अर्को टिओएफ क्यामरा सेन्सर हुनेछ ।

आइफोन १२ मा ५.४ इन्च तथा ६.७ इन्चका दुई मोडेल आउने बताइएको छ । यदि एप्पलले आफ्नो इतिहास कायमै राखेमा आइफोन १२ बजारमा आउनका लागि सन् २०२० को सेप्टेम्बरसम्म कुर्नुपर्नेछ ।

एक अर्को समाचार अनुसार सन् २०२० मा एप्पलले थ्री डी सेन्सिङ क्यामरायुक्त आइप्याड प्रो ल्याउनेछ । यो प्रविधि नयाँ आइफोनमा पनि उपलब्ध हुनसक्ने अनुमान गरिएको छ । यद्यपि एप्पलले चाहिँ यसबारेमा आधिकारिक रुपमा केही पनि बताएको छैन ।

यसअघि आइफोन १२ लञ्च हुने समय सेप्टेम्बर ८ भनिए पनि केही ढिलाइ हुने समेत समाचारमा जनाइएको छ । कम्पनीले हालसम्म मूल्य सार्वजनिक नगरेपछि आइफोन १२ को मूल्य ६४९ डलर, आइफोन १२ म्याक्सको मूल्य ७४९ डलर, आइफोन १२ प्रोको मूल्य ९९९ डलर र आइफोन १२ प्रो म्याक्सको मूल्य १०९९ डलर हुने अनुमान गरिएको छ ।

-एजेन्सीको सहयोगमा

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety six ÷ = 32