राष्ट्रपतिलाई भेटेर शीतल निवासबाट फर्किए प्रधानमन्त्री देउवा ! के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट फर्केका छन्। दल विभाजनका लागि सहज हुने गरी अध्यादेश मन्त्रिपरिषदबाट पारित गरेपछि प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास गएका थिए।

मंगलबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति र संसदीय दलमा २० प्रतिशत हिस्सा पुगे दल विभाजन गर्न सकिने प्रावधान राखेर अध्यादेश जारीका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

मन्त्रीपरिषदबाट पारित भएको अध्यादेश जारी हुन राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्छ।

मन्त्रिपरिषदबाट पारित भएको उक्त अध्यादेश लिएर प्रधानमन्त्री देउवा आफै राष्ट्रपति कार्यालय शीतल निवास पुगेर फर्केका हुन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty three − fifteen =