
काठमाडौँ । चर्चित समाजसेवी हेम थापाले अमेरिका बाट प्रचण्ड र माओवादीको खुलेर समर्थन गरेका छन । थापाले विभिन्न नेता तथा अभियन्ताहरुलाई भने चोटिलो जवाफ दिएका छन ।
वाहिर एमसीसीको विरोधमा ठुला ठुला कुरा गर्ने तर पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान प्रधानमन्त्री शेर वहादुर देउवाले संसदको रोष्टम बाटै खुलेरै एमसीसी पास गर्ने भन्दै गर्दा ति नेता र अभियन्ताहरु कुन दुलोमा लुकेका छन भनेर प्रश्न गरेका छन ।
एमसीसी रोक्ने एकमात्र प्रमुख नेता प्रचण्ड हो । प्रचण्डले चाहेको भए ओली प्रधानमन्त्री भएको वेला उहिलेनै एमसीसी पास भइसकेको हुनेथियो । अहिले देउवा प्रधानमन्त्री हुन वित्तिकै पास भइसकेको हुने थियो ।
प्रचण्डको कडा अडानको कारण मात्र सरकारको कार्यक्रममा नै परेको छैन एमसीसी । थापाले सामाजिक सञ्जाल फेशवुक मार्फत एमसीसी रोकेकोमा प्रचण्डलाई धन्यवाद र सलाम दिएका छन ।
उनले जनताको अगाडि देखावटी रुपमा एमसीसीको विरोध गर्ने तर केपी र देउवाले संसद बाटै छाति फुलाएर एमसीसी पास गर्नुपर्छ भन्दा चुइक्क नवोल्ने केही नेता तथा अभियन्ताहरुको विरोध गरेका छन ।
थापाले भिम रावल, समाजसेवी सुरेन्द्र केसी, त्यसैगरि अभियन्त ज्ञाण्रन्द्र शाहि, हेमराज थापा, क्षितिज सापकोटा र रमेश खरेलहलाई देउवा र केपीले एमसीसी पास गर्ने घोषणा गर्दा पनि किन नवोलेको भनेर प्रश्न गरेका छन । वली र देउवा खुलेर एमसीसीको पक्षमा लाग्दा कोही वोल्न सकेउ, रोडमा र पिढिउ पछाडी मात्र ठुलठुला गफ दिने भन्दै यि नेता तथा अभियन्ताहरुको झुटको पर्दाफास गरेका छन ।
माओवादीले गरेको जनयुद्द र जन आन्दोलन एकदम जायज छ भन्दै खुलेर समर्थन गरेका छन । माओवादीले युद्द गरेर गल्ति गर्यो भनेर आरोप लाउनेहरुले यसबारे केही कुरा नबुझेको बताएका छन ।
परिवर्तनको लागि भएको जनयुद्दमा माओवादीको मात्र नभइ तिन कराडौँ नेपालीको योगदान छ भन्ने कुरा ख्याल नभएको पनि वताएका छन । द्वन्दकालका कुरा लिएर प्रचण्डलाई विस्तापित गर्न विभिन्न मानिसहरु लागेको छन । प्रचण्डको विरोध गर्नेहरुलाई यु,द्द प्रचण्डले मात्र होइन सारा नेपाली र सिंगो माओवादीले लडेको हो भन्ने कुरा ख्याल गर्न पनि आग्रह गरेका छन ।
युद्दमा हरेक कुरा जायज हुन्छन । विश्वमा यस प्रकारका युद्दहरु भएको पनि उनले जानकारी गराएका छन । माओवादीको कारण देशमा अकल्पनिय परिवर्तन भएको छ । मानिसका हक र अधिकारहरु सुनिश्चित भएका छन । वोल्न नसक्नेहरु वोल्न पाएका छन । कसै संग ज्यु ज्यु गर्नु परेको छैन ।
थापाले भनेका छन यि उपलब्धीको कारण नै धेरै मानिसहरु देश तथा विदेशमा चर्चा कमाउन सफल भएका छन । त्यसकारण माओवादीलाई सबैले समर्थन गर्नुपर्छ ।
आज माओवादी पाटीको कारण रोडमा, टेलीभिजनमा तथा हरेक तरिकाले घाँटिका घाँटिका नसाहरु फुलाएर घोक्रो सुक्नेगरि कराएर वोल्ने तथा कराउने, लेख्ने तथा विभिन्न हक र अधिकारहरु माग्ने स्वतन्त्रता पाएको पनि थापाले उल्लेख गरेका छन ।
सामाजिक सञ्जाल फेशबुक मार्फत आफ्नो धारणा राखेका हुन । सत्यकुरा वोल्दा र लेख्दा कसैको झोले र भक्त भइन्छ भने केही छैन भन्दै आफ्नो मनको कुरा निर्धक्क भएर खोलेका छन ।