अध्यादेश ल्याएर प्रधानमन्त्रीबाट चुक भयो, यो कांग्रेसको संस्कार होइन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न नसकिने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेपछि सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया जनाउँदै नेता कोइरालाले प्रधानमन्त्रीबाट चुक भएको बताए ।

कोइरालाले लेखेका छन्, ‘सरकार सञ्चालनको सुविधाको लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइएको हुनसक्छ तर अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्न ।

सरकारले संसदबाट परिमार्जन र सुधारसहित बजेट पास गर्नेतर्फ सक्रियता देखाउनुपर्थ्यो । यो चुक प्रधानमन्त्रीबाट भयो । यो कांग्रेसको संस्कार होइन ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty five ÷ fifteen =