एमाले फूट्यो: माधव नेपालले दर्ता गरे नेकपा एमाले ! माओवादी लाई फाईदै फाईदा…!

काठमाडौँ । अन्ततस् नेकपा एमाले विभाजित भएको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् ।

पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ । पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चौधरीले जानकारी दिए । ‘निर्वाचन आयोगले दर्ता गरेको छ । अब प्रक्रिया अगाडि बढेको छ,’ उनले भने ।

के गर्लान् माधव नेपाल ?

९ वैशाख ०७७ अपराह्न नेकपा नेता माधव नेपालको वक्तव्य आयो । त्यसमा प्रस्ट थियो– व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा कुनै प्रकारको आक्रोश, भावावेश वा अनावश्यक आशंका र अविश्वासबाट प्रेरित नहुन आग्रह । हेर्नुस् वक्तव्य

सरकारले राजनीतिक दलसम्बन्धी विवादास्पद अध्यादेश अपर्झट ल्याएको भोलिपल्ट दिन ढल्किँदै गर्दा कोटेश्वरले एक तीरले दुई सिकार गर्न खोजेको बुझिन्थ्यो ।

एक– प्रधानमन्त्री केपी ओलीको संकीर्ण स्वार्थ, व्यक्तिवाद तथा स्वेच्छाचारिताको विपक्षमा देखिन्थ्यो । दुई– अध्यक्ष प्रचण्डलाई आक्रोश र भावावेशमा अनावश्यक आशंका र अविश्वास नगर्न आग्रह गरेको बुझिन्थ्यो ।

माधव नेपाल निकटका नेताहरू यो वक्तव्य ओलीको स्वेच्छारिता, प्रचण्डको भावनामा बग्ने र जेसुकै बोलिदिने प्रवृत्तिमा केन्द्रित मात्र थिएन, झैझगडाको मिल्तीका लागि मध्यमार्गमा उभिने संकेत पनि थियो ।

नेता नेपालको भनाइ अनपेक्षितचाहिँ थिएन । ८ वैशाख ०७७ को साँझ बालुवाटारमा नेकपा सचिवालय बैठक बस्दै थियो, अपर्झट आएको राजनीतिक दलसम्बन्धी अध्यादेशको एजेन्डामा । त्यही बैठकमा नेता नेपालको मत मध्यमार्गी शैलीको थियो ।

त्यसको अर्थ उनी प्रधानमन्त्री ओलीको पक्षमा त थिएनन् तर चर्को आलोचना गर्ने कित्तामा पनि पुगेनन् । त्यसो हुनुको कारण ७ वैशाख ०७७ मा ओली–नेपाल लामो भेटले पनि काम गरेको हुन सक्छ । त्यस भेटमा अध्यादेशबारे छलफल हुनुका साथै कतिपय आश्वासन पनि दिइएको थियो ।

नेकपा स्रोतको दाबीमा त्यस दिन ओलीले नेता नेपाललाई अध्यक्षको आश्वासनसमेत दिएका थिए । भलै ती आश्वासनमा नेपाल सहमत भइहाल्ने अवस्थामा थिएनन्, विगत पृष्ठभूमिले ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

6 × = forty two