दिल्ली हारको मुखबाट निकाल्यो जित, रोमाञ्चक खेलमा राजस्थान पराजित

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

दिल्लीले दिएको १६२ रनको लक्ष्य पछ्याएको राजस्थानले पूरा २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १४८ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि जोस बट्लरले २२ रन बनाए भने बेन स्टोकले ४१, सञ्जु सामसानले २५ रन बनाए । यस्तै रविन उथप्पाले ३२ रन जोडे । राजस्थानका कप्तान स्टिभ स्मिथ एक रनमा आउट भए भने रियान प्राग पनि एक रनमा रनआउट भए । अन्तिममा राउल टेवाटियाले १४ रन बनाए पनि टिमलाई हारबाट बचाउन पर्याप्त बनेन ।

दिल्लीका लागि ‌ओपनिङ ब्याट्सम्यान शिखर धवनले ५७ रन र कप्तान श्रेयस इयरले ५३ रन जोडे। त्यसअघि ‌ओपनर पृथ्वी शा पहिलो बलमै आउट हुँदा अजिन्का राहाणेले २ रन मात्र जोड्न सके। दुवैलाई राजस्जथानका जोफ्रा आर्चरले आउट गरे। दिल्लीका लागि मार्कोस स्टोइनिसले १८ रन र एलेक्स क्यारीले १४ रनको योगदान दिए। राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए । जयदेव उनाकडले २ विकेट लिदा श्रेयस गोपाल र कार्तिक त्यागीले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवन र कप्तान श्रेयस आयरले अर्धशतकीय इनिङ्स खेले । धवनले ५७ रनको इनिङ्स खेल्दा आयरले ५३ रन बनाए । राजस्थानका लागि जोफ्रा आर्चरले तीन विकेट लिए। निकै कसिलो बलिङ गरेका उनले चार ओभरमा मात्र १९ रन दिए। जीतसँगै दिल्लीको ८ खेलबाट १२ अंक भएको छ र शीर्षस्थानमा उक्लिएको छ भने पराजित राजस्थानको ८ खेलबाट ६ अंक छ र सातौं स्थानमा रहेको छ ।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty four ÷ forty two =