म संधै कम्युनिस्ट आन्दोलनको झण्डा सँगसँगै राष्ट्रिय एकताको झण्डा उठाउँछुः प्रचण्ड

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न लामो लडाइँको निम्ति तयार रहन जरुरी रहेको बताएका छन्।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा माओवादी नेता रामवृक्ष यादवको स्मृतिमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सम्पूर्ण उपलब्धिलाई धारासायी पार्ने प्रवत्ति कम्युनिस्ट पार्टी भित्रैबाट देखिएको र त्यसलाई परास्त गर्न आफूहरु सफल भएको भएपनि त्यसले पूर्णता पाउन नसकेको बताए।

प्रचण्डले प्रतिगमन अहिले परास्त भएको भएपनि यो अन्तिम विजयी नभएको बताए।

‘प्रतिगमन अहिलेलाई परास्त भएको छ। संविधान लोकतन्त्र र राष्ट्रियताको रक्षागर्ने समाजवाद तिरको यात्रालाई निरन्तर अघि बढाउने प्रवृति अहिले फेरि विजयी भएको छ, तर यो अन्तिम विजय होइन’, प्रचण्डले भने, ‘यो यात्रा, यो लडाइँ हाम्रो लामो छ। त्यसैले आफूलाई लामो लडाइँको निम्ति तयार गर्न जरुरी छ।’

प्रचण्डले व्यक्तिवादी, गुटवादी स्वार्थबाट सबै नेता कार्यकर्ता माथि उठ्न आवश्यक भएको बताए। आफैंभित्रको कमीलाई सच्याएर अघि बढे देश र जनाताको पक्षमा काम गर्न सकिने बताए।

प्रचण्डले कम्युनिस्ट आन्दोलनको झण्डा सँगसँगै राष्ट्रिय एकताको झण्डा उठाउने बताए। अहिले सबै सकारात्मक विचार राख्ने शक्तिलाई एकतावद्ध गर्ने आवश्यकता रहेको उनको भनाइ छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× five = thirty five