ओलीका कारण एमाले सकियो ! माधव प्रचण्डको नेतृत्वमा शक्तिशाली पार्टी बन्ने ?

✍️ राम प्रसाद रिजाल

केपी शर्मा ओलीको सत्तामोह प्रबृतिका कारण नेपाल कम्युनिष्ट पाटी तिन टुक्रा भयो । अहिले ओलीले एमाले समाप्त गदैछन । माधब नेपालले एकता चाहे पनि ओलीले भित्रीरुपमा एकता चाहेका छैनन् । उनले अध्यक्ष पद पनि छोडन चाहादैनन् ।

माधब नेपाल हेपिएर , अपमान सहेर ओली संग झुक्न चाहादैनन् । माधब र प्रचण्ड बीच पटक पटक भेटबार्ता पनि हुदै आएको छ । कारण के हो भने अब माधब र प्रचण्ड मिलेर नेपालमा बैकल्पिक राजनीतिक शक्ति निर्माणको तयारी गदैछन ।

नेपालको राजनीतिमा अब बैकल्पिक राजनीतिक शक्तिको उदय हुने निश्चित छ , यो आबश्यकता हो । यथास्थितीवादी राजनीति दलबाट मुलुकको भबिश्य निर्माण हुन सकेन । सत्ताको वरी परि बाहेक दल र तिनका नेताहरुले अरु केही देखेनन् । अहिले देखिएको समस्या यहि हो । यसरी देशको गति अघि बढाउन नसकिने भयो ।

एउटा दुरदर्शी माधब नेपाल र पुष्पकमल दाहाल जस्ता महान नेताले क्रन्तिकारी पाटी निर्माण गर्न अब आँट गर्नु पर्छ । जनता साथ दिन तयार छन । माधब नेपाल र प्रचण्डका बीचमा यी कुरा भइरहेका छन । माधब नेपाल र प्रचण्ड मुलुक प्रति धेरै चिन्तित छन । देश र जनता बाहेक उनीहरु अरु सोच्दैनन् ।

जनताको पक्षमा काम गर्न इमानदार नेता कार्यकर्ताको खाँचो हुन्छ । त्यसको लागी म जस्ता इमानदार कार्यकर्ताहरु माधब नेपाल र प्रचण्ड मिलेर बनाउने पाटीमा रात दिन खटेर जनताको सेवा गर्ने छौ। । आज मुलुकका सामु धेरै समस्या तेर्सिएका छन ।

जनता भोका छन , बेरोजगार छन , अभाब र समस्या संग पिल्सिएका छन ति समस्या समाधानका लागी पनि एउटा बैकल्पिक राजनीतिक शक्ति समय र युगले माग गरेको छ ।

यो शक्ति निर्माण गर्न सबै क्रन्तिकारी र देशभक्त शक्तिहरु एक हौं । भ्रम र बास्तबिकतालाई केलाएर सबै कुरा बुझनु पर्ने हुन्छ । भ्रमको पछि कोही नलागौं । कोही तानशाही हुन खोज्छ भने त्यो मुलुकमा धेरै टिक्दैन । राजा माहाराजा देखि ओली सम्म टिक्न सकेनन ।

अब ओलीलाई राजनीतिक रूपमा समाप्त नगरी नेपालमा स्थिरता आउदैन शान्ति प्रकृया टुङ्गोमा आउदैनन त्यसकारण अब परिवर्तनकारी शक्ति, पार्टीहरु शुरूमा गठबन्धनको रूपमा र अन्तमा एउटै पार्टीको रूपमा मिलेर यही आउने अबको चुनाव मार्फत नयाँ शक्ति वा पार्टीको जन्म हुने र त्यस गठबन्धन वा पार्टीको नेतृत्व माधव कुमार नेपाल, प्रचण्ड, बाबुराम ,मोहन बैध ,उपेन्द्र यादव ,अशोक राईले गर्ने छन ।

छिट्टै अव नेकपा समाजवादी केन्द्रको रूपमा यी माथिका शक्तिहरु उदाउने अबको चुनावमा पहिलो शक्ति यही नेकपा समाजवादी केन्द्र हुने र दोस्रो शक्ति नेपाली कांग्रेस हुने र ओलीको एमाले पार्टी अस्तित्वमै नआउने अबस्था हुन सक्छ । नेपालको राजनीतिमा अब बैकल्पिक शक्तिको उदय हुने कुरालाई अब कसैले रोक्न सक्दैन ।

आगामी हुने निर्वाचनमा गणतन्त्रवादी एक हुदां ओलीको प्रत्यक्ष चुनावमा ओलीले पनि नजित्ने र ओलीको पार्टीले १ सिट पनि नल्याउने अबस्था निर्माण गर्ने अभियानमा माधब प्रचण्ड छन ।

माधव कुमार नेपालले पार्टी एकताको लागी भनेर अब ओली संग समय खर्च नगर्ने निष्कर्षमा पुगेका छन ।
रिजाल माधब निकटका प्रभाबशाली युवा नेता हुन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighteen ÷ = six