१४ सांसदको कारबाही सदरका लागि दबाब दिन एमाले सांसदहरु सभामुखको कार्यकक्षमा

काठमाडौं । नेकपा एमालेका सांसदहरुले माधवकुमार नेपालसहित १४ सांसदलाई गरिएको कारबाही सदर गर्न सभामुख अग्निप्रसाद सापकोटालाई दबाब दिइरहेको छ ।

पार्टीले गरेको कारबाही सदरको मागसहित बिहीबार सभामुख सापकोटासँग छलफल गरेका एमाले सांसदहरु आज पनि दबाबका लागि पुगेका हुन् ।

यसअघि बिहीबारको भेटमा सभामुख सापकोटाले आफूले अध्ययन गरेर त्यसबारेमा निर्णय लिने बताएका थिए । तर शुक्रबार एमाले सचेतक एवं सांसद विशाल भट्टराई को नेतृत्वमा आज पनि सभामुखको कार्यकक्षमा पुगेर कारबाहीको लागि दबाब दिन पुगेको स्रोत जनाएको छ ।

गत मंगलबार सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै एमाले संसदीय दलले माधवकुमार नेपालसहित १४ सांसदहरुलाई कारबाही गर्न संसद सचिवालयमा पत्र पठाएको थियो ।

यता नेपाल पक्षले पनि आफूहरुलाई गरिएको कारबाही अवैधानिक रहेको दाबी गर्दै कारबाही सदर नगर्न माग गर्दै संसद सचिवालयलाई पत्र पठाएका छन् । नयाँ पार्टी दर्ताको प्रक्रियामा रहेका नेता नेपाललाई पार्टी दर्ता पहिले नै सांसद पदबाट हटाउने दाउमा ओली पक्ष रहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty seven − 23 =