देखियो शुभ संकेत ! प्रचण्ड र माधव नेपाललाई बाबुराम भट्टराईले राखे यस्तो प्रस्ताव

काठमाडौं । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रिया जारी छ । समाजवादी केन्द्र नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा प्रचण्ड, बाबुराम भट्टराई र माधवकुमार नेपाल प्रमुख वक्ताका रूपमा छन् ।

कार्यक्रमकै अवसर पारेर वामदेव क्षेत्री (घिमिरे) द्वारा लिखित ‘कृषि र समाजवाद’ पुस्तकको विमोचनसमेत गरिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) का नेता बाबुराम भट्टराईले समाजवादको नयाँ मोडलको खोजी गनुपर्ने बताएका छन् ।

बुधबार समाजवादी केन्द्रले राजधानीमा आयोजना गरेको कार्यक्रममा भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले(समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई तत्कालको चुनावी लोभ त्यागेर नयाँ मोडेलको समाजवादको विकासमा लाग्न आग्रह गरेका छन् ।

‘हामीले सबैले मेहनत गर्‍यौं भने उन्नत विचार खोज्न सकिन्छ,’ उनले भने, ‘हिजो कसैले माओवादी, कसैले एमाले भयौं । चुनावी मोहले गर्दा त्यो छोड्न हामीलाई गाह्रो भयो । तर, अब हामीले आँट गर्ने पर्छ । तत्काल चुनावी स्वार्थभन्दा नयाँ खालको समाजवादको मोडल विकास गर्नतिर लाग्नै पर्छ ।’

काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले भने, ‘एमालेभित्र विद्रोह गरेर माधव नेपालजीले एमाले समाजवादी भनेर फेरि अर्को पार्टी सुरुवात गर्नु भएको छ, यसले के देखाउँछ भने फेरि नयाँ समाजवादको मोडेल खोज्नेतिर देश गइराखेको छ । त्यो अबको आवश्यकता हो ।’

उनले त्यसका लागि युवा पुस्तालाई नयाँ बाटो देखाइदिनुपर्ने पनि बताए । त्यसो गर्न सकिए नेपालले विश्वालाई नयाँ विचार दिन सक्ने डा। भट्टराईको भनाइ छ ।

‘हामी ७० आसपासकाले धेरै गर्न त नसकौंला तर युवा पुस्ता आएको छ, त्यसलाई नयाँ बाटो देखाइदिने आँट गर्ने हो भने नेपालले फेरि एकचोटी विश्वलाई नयाँ विचार र ज्ञान दिन सक्छ,’ भट्टराईले भने । कार्यक्रममा प्रचण्ड र माधव नेपाल पनि सहभागी रहेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

88 + = ninety six