कोहलीको फितलो कप्तानिले टिमलाई डुबायो, पुरनले अन्तिम बलमा छक्का हान्दै पंञ्जाबलाई जिताए

काठमाडौं । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा किंग्स इलाभेन पन्जाबले ८ विकेटको रोमाञ्चक जित हात पारेको छ । शारजाह क्रिकेट रंगशालामा बेंग्लोरले दिएको १७२ रनको लक्ष्य पञ्जावले अन्तिम बलमा पूरा गर्‍यो। अन्तिम बलमा निकालोस पुरनले छक्का प्रहार गर्दै जित दिलाएका थिए ।

पञ्जाबको जितमा कप्तान केएल राहुल र क्रिस गेलले अर्धशतकीय इनिङ्स खेले। राहुलले ४९ बलमा अविजित रहँदै ६१ रन बनाए भने गेलले ४५ बलमा ५३ रनको योगदान दिए। गेलले आइपिएलको यो सिजनमा पहिलो खेल खेलेका हुन्। यस्तै मायांक अग्रवालले ४५ रन बनाए ।

पन्जाबलाई जितका लागि अन्तिम ओभरमा २ रन मात्र चाहिएको थियो । तर पनि खेल अन्तिम बलसम्म पुग्यो । २० औं ओभरको अन्तिम बलमा निकोलस पुरनले छक्का प्रहार गर्दै पन्जाबलाई जित दिलाए र हिरो सावित भए । बलिङतर्फ बैंगलोरका लागि युजेभेन्द्र चहालले एक विकेट लिन बाहेक अन्य कुनै बलरले विकेट लिन सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले बैंगलोरले २० ओभरमा ६ विकेट गुमाउदै १७१ रन बनाएको थियो । उसका लागि कप्तान विराट कोहलीले ४८ रन जोडे। त्यसअघि ओपनरद्वय आरोन फिन्चले २० र देवदुत पडिकलले १८ रन बटुले। क्रिस मोरिसले नटआउट २५ रनको योगदान दिए। उनले ८ बलमा १ चौका र ३ छक्का हिर्काए। पञ्जाबका लागि मुरुगन अश्विन र मोहम्मद सामीले समान दुई/दुई विकेट लिए । जितसँगै ८ खेलबाट ४ अंक जोडेको पञ्जाब तालिकाको पुछारमा छ भने बेङ्‍गलोर समान खेलबाट १० अंकसहित तालिकाको तेस्रो स्थानमा छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy four − = sixty four