काठमाडौं । माधवकुमार नेपालसँग रहेका तर, नयाँ पार्टी निर्माण गरेपछि तेस्रो धार बनेका नेकपा एमालेका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
१० बुँदे सहमति कार्यान्वयनका दिएको दुई दिने अल्टिमेटम सकिएपछि अध्यक्ष ओलीलाई भेट्न नेताहरु उहाँकै निवासमा पुगेका हुन् । गत शुक्रबार बसेको तेस्रो धारको बैठकले १० बुँदे सहमति कार्यान्वयनका लागि ९हिजो० आतइबारसम्म समय दिएको थियो ।
उक्त समयअवधिमा ओलीले १० बुँदे सहमति कार्यान्वयन गरेपछि उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट लगायतका नेताहरु बालकोट पुगेका हुन् ।
उनीहरूले शुक्रबार राजधानीको एक पार्टी प्यालेसमा सांसद र केन्द्रीय समितिमा रहेका ५७ जना नेतासँग पनि थप छलफल गरेर ओलीलाई १० बुँदे सहमति अक्षरस पालना गर्न र नेपाललाई पार्टी दर्ता गर्नबाट पछि हट्न आग्रह गरेका थिए ।
१० बुँदे सहमति कार्यान्वयनका नभए विद्रोह गर्ने र माधव नेपालले नयाँ पार्टी बनाउँदा भन्दा ठूलो हुने उनीहरुले चेतावनी दिँदै आएका थिए ।
लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा नगएका उनीहरुले भोलि निर्वाचन आयोगमा माधवकुमार नेपाल समूहको नयाँ पार्टीका नेताहरुले सनाखत गर्नुअघि नै २७ असारमा भएको १० बुँदे सहमति अक्षरश कार्यान्वयन गर्न माग गरेका छन् ।
अध्यक्ष ओली पक्षका नेताहरुले भने १० बुँदे कार्यान्वयनमा गइसकेको बताएका छन् । ‘तेस्रो धार’को प्रस्तावलाई ‘बार्गेनिङ’ भन्ने गरेका छन् । ओली समूहका नेता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पार्टीले १० बुँदे कार्यान्वयन गर्ने निर्णय गरिसकेको भन्दै १० बुँदे कार्यान्वयनको नाममा ५७ जना नेताले बार्गेनिङ गरिरहेको आरोप लगाउनुभयो ।
एमाले स्थायी कमिटी सदस्यसमेत रहेका ओली समूहका अर्का नेता सत्यनारायण मण्डलले तेस्रो धारको नियत नै गलत रहेको टिप्पणी गरिरहनु भएको छ । एकताको नाममा उनीहरूले बार्गेनिङ गर्न थालेको आरोप लगाउँदै आउनु भएको छ ।