काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउन आज सीसीएमसी र सीडीओको बैठक बस्ने भएको छ । पछिल्लो समय को,रोना संक्र,मण बढ्दै गएकाले निषेधाज्ञालाई नै निरन्तरता दिइने प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले सरोकारवालाहरुसँगको छलफलपछि निषेधाज्ञा मोडालिटीबारे छलफल हुने जानकारी दिए । ‘‘को,भिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बसेको छैन ।
आज बस्ने सीसीएमसीको बैठकले पछिल्लो साताको संक्र,मणदर र मृ,त्यु,दरको समीक्षा गर्नेछ । त्यसपछि प्रजिअ बैठक बस्छ,” प्रजिअ निरौलाले भने ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले ११ बजेपछि सीसीएमसी बैठक बस्ने जानकारी दिइन । उनले भनिन्, ‘‘सीसीएमसी बैठक पछि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर औपचारिक निर्णय गर्छ ।”
पछिल्लो साता थप गरिएको निषेधाज्ञामा सरोकारवाला निकायसँगको छलफलबाटै राति ८ बजेपछि अत्यावश्यक बाहेकका सबै किसिमका सवारी साधन चल्न रोक लगाइएको थियो ।
पछिल्लो साता थप गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिदैछ । सिनेमा हल, जिमखाना, विद्यालय, मठमन्दिरलगायत सार्वजनिक स्थलमा निषेधाज्ञा कायमै छ ।