जितका बावजुत प्रितीको पंञ्जाब पुछारमा , दिल्ली शिर्ष स्थानमै ( हेर्नस आईपिएलको ताजा अंक तालिका )

एजेन्सी, ३० असोज । जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले दोस्रो जित निकालेको छ । युएईको सारजाह क्रिकेट स्टेडियममा बिहीबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबले दोस्रो जित निकालेको हो । बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पन्जाबले २० ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।

यो जितसँगै पञ्जाबले ४ अंक बनाएको छ। ऊ जितका बाबजुद अंकतालिकाको पुछारमा छ। यता पराजित पञ्जाब १० अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा छ। तीन खेलमात्र हारेको बैंगलोरलोरले पञ्जाबसँग जारी सिजनका दुवै खेल हारेको छ भने पञ्जाबले बैैंगलोरलाई मात्र हराउन सकेको छ। उसले पहिलो लेगको खेलमा पनि बैंगलोरलाई ९७ रनले हराएको थियो। त्यस्तै ८ खेलबाट १२ अंक बनाएको दिल्ली क्यापिटल शीर्षस्थानमा छ भने ७ खेलबाट १० अंक बनाएको मुम्बई १० अंकका साथ दोस्रो स्थानमा छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six × one =