प्रचण्डको पहलमा नेपालको पहिलो महिला प्रधानमन्त्री रामकुमारी झाक्री हुने पक्का !

काठमाण्डौ । याे समयमा रामकुमारी झाक्रीकाे चर्चा निकै छ। सरकारका पुर्व सचिव तथा युवामाझ लोकप्रिय व्यक्तित्व भिम उपाध्यायले जनता टेलिभिजनको अन्तरवार्तामा नेपालको पहिलो महिला प्रधानमन्त्री राम कुमारी झाक्री बन्ने बताएका छन् तर यसमा प्रचण्डको भने साथ चाहिने उनको भनाई रहेको छ । समस्थ देशको राजनैतिक परिवेशको चर्चा गर्दै पुर्व सचिव उपाध्यायले उक्त कुरा बताएका हुन्।

उनले अन्तरवार्ताको क्रममा नेपाली राजनितिमा रामकुमारी झाक्रीको हैसियतको कुनै राजनैतिक नेतृ नरहेको बताएका छन्। उनले भविष्यमा कोहि महिला प्रधानमन्त्री बन्छन् भने त्यि रामकुमारी झाक्री नै रहेको बताउनु भएको छ।

नेपाल सरकारका पुर्व सचिव भिम उपाध्यायले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै आईरहनु भएको छ ।

यो पनि पढ्नुहोस्

दोस्रो पुस्ता’ काँतर हुँदा तेस्रो पुस्तालाई अवसर

काठमाडौं। नेकपा एमालेमा प्रभावशाली भनिएका दोस्रो पुस्ताका नेताहरू ओलीसँगै रहँदा नेपाल समूहमा खुलेका तेस्रो पुस्ताका नेताहरूले नेतृत्व विकासको अवसर पाएका छन्। दोस्रो पुस्ताका नेताहरू एमालेमै रहने निर्णय गरेपछि एकीकृत समाजवादीतिर खुलेका तेस्रो पुस्ताका नेताहरू उत्साहित देखिएका छन्।

एमालेका मध्यमार्गी १० जना स्थायी कमिटी सदस्यहरू ओलीले बोलाएको स्थायी कमिटीमा सहभागी भएपछि एकीकृत समाजवादीमा तेस्रो पुस्ताको नेतृत्वका लागि ढोका खुलेको हो। उनीहरू फागुन २३ गते एमाले ब्युतिएपछि पहिलोपटक ओलीको अध्यक्षतामा बस्ने बैठकमा सहभागी भएका हुन्।

माधव नेपालको पक्षमा उभिएर दोस्रो पुस्ताले अन्तिममा धोका दिएपछि तेस्रो पुस्ता आक्रोशित मात्र भएको छैन, नयाँ सम्भावनाका कारण उत्साहित पनि देखिएको छ।

फागुन २३ को सर्वोच्च अदालतको फैसलाअनुसार एमाले ब्युतिएपछि पनि माधवकुमार नेपाल पक्षमा रहेका यी नेताहरु सोमबारबाट भने ओलीतर्फ मिल्न आएका छन्। एमाले बैठकमा उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्त र आमन्त्रित सदस्य एवं अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहरा रहेका छन्।

ओलीका कडा आलोचक मानिएका नेताहरू ओलीतिर खुलेपछि उनीहरूको वैचारिक पक्षतालाई लिएर चौतर्फी आलोचनासमेत हुन थालेको छ। यसअघि ओली र नेपाल समूहबिच १० बुंदे सहमति भएको भनिए पनि वरिष्ठ नेता माधवकुमार नेपालले उक्त सहमतिलाई अस्वीकार गर्दै आएका थिए। नेपालले सोमबार साँझ १० बुंदे सहमतिको भ्रमजालमा नपर्न आफूनिकट नेता–कार्यकर्तालाई अपीलसमेत गरेका छन्।

एकीकृत समाजवादीले सार्वजनिक गरेको विधानमा १७ सदस्यीय पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरिएको छ। मझधारमा उभिएका १० नेताहरू एकीकृत समाजवादीमा उभिएको परिस्थितिमा नेपाल समूहका थोरै मात्र नेताहरूले नेतृत्वमा मौका पाउँथे। तर, पूराना र बुढा नेताहरू ओलीतिरै रहेपछि नेपाल समूहमा युवा पुस्ता र उर्जाशील नेताहरूले अवसर पाउने भएका छन्।

एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेतामा झलनाथ खनाल प्रस्ताव गरिएको छ। त्यस्तै ९५ सदस्यीय केन्द्रीय समितिमा मुकुन्द न्यौपाने, प्रदीप नेपाल, डा. बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. विजयकुमार पौडेल, डा। गंगालाल तुलाधर, प्रकाश ज्वाला, नागेन्द्रप्रसाद चौधरी, जयन्ती राई, तुलबहादुर गुरुङ, जगन्नाथ खतिवडा, प्रतापलाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरी छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

5 + one =