माओवादी केन्द्रको जिम्मेवारी बाँडफाँटमा जनार्दन शर्माको हाबी !

काठमाडौं । पार्टीमा छलफल नै नगरी जनार्दन शर्मा प्रभाकरलाई अर्थमन्त्री बनाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई अर्को महत्वपूर्ण जिम्मेवारी दिएका छन् । पार्टी नेताहरुको जिम्मेवारी बाँडफाँट गर्दा प्रचण्डले जनार्दनलाई संगठन विभाग प्रमुख बनाएका हुन् ।

यसपटक मन्त्री बनाउँदा जस्तो छलफल नै नभई त होइन, तर छलफल गरे पनि सहमति जुटेको थिएन । असहमतिका बीच प्रचण्डले जनार्दनलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिएका छन् ।

माओवादी केन्द्रकै नेताहरुले भने जनार्दनले अर्थमन्त्री र संगठन विभाग प्रमुखको जिम्मेवारी एकसाथ निभाउन सक्नेमा आशंका गरेका छन् । माओवादीका पुसको दोस्रो हप्ता राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय भएको र पार्टीमा महासचिव नभएकाले संगठन विभाग प्रमुख २४ घण्टा खट्नुपर्ने अवस्था छ ।

तर अर्थमन्त्री समेत रहेका जनार्दनले संगठन विस्तारमा एकाध घण्टा दिन मुश्किल भएको नेताहरु बताउँछन् । ‘मन्त्रालयमा दिनमा ३०÷४० वटा फाइल सदर गर्नुपर्छ । विषय विज्ञता नभएकाले अध्ययन पनि गर्नुप¥यो,’ एक नेता भन्छन्, ‘यस्तो बेला संगठन विभागको जिम्मेवारी अरुलाई दिनु उपयुक्त हुन्छ भन्ने हाम्रो जोड थियो ।’

यद्यपि प्रचण्डले ‘जनार्दनले मानेनन्’ भन्दै उनलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिएका छन् ।

जनार्दनकै योजनाअनुसार जिम्मेवारी बाँडफाँट गर्नुलाई प्रचण्डको एउटा प्रयोग मान्छन् उनी निकट नेताहरु । ‘यो आफ्नो र पार्टीको शाख जोगाउन प्रचण्डको विभिन्न प्रयोगमध्ये पछिल्लो प्रभाकर प्रयोग हो,’ उनी निकट एक नेता भन्छन् ।

नेताहरुका अनुसार नेकपा एमालेसँग पार्टी एकतामा भूमिका खेलेका उनलाई प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नै संगठन विभाग प्रमुख बनाउने वचन दिएका थिए । तर नेकपाले बामदेव गौतमलाई प्रमुख र जनार्दनलाई उपप्रमुख बनायो ।

५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन भएपछि साबिकको नेकपा दुई खेमामा विभाजित भयो । प्रचण्ड–माधव समूह ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनायो । महासचिवबारे लामो छलफल भए पनि सहमति जुट्न सकेन । माओवादी खेमाबाट जनार्दनको दाबी थियो, तर माधव नेपालले सुरेन्द्र पाण्डेलाई बनाउन चाहे । पटकपटक छलफल गर्दा पनि सहमति जुटेन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 5 = one