बावुरामको प्रश्न– ओली सुध्रनु र गोरु ब्याउँनु उस्तै हैन र ?

काठमाण्डौ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष वावुराम भट्टराईले माधवकुमार नेपालको साथ छोडेर केपी शर्मा ओली पक्षमा पुगेका नेताहरुको आलोचना गरेका छन् । नेता नेपालको पार्टी फुटाउने निर्णय स्विकार गर्न नसकेर एमालेमा फर्केका नेताहरुलाई भट्टराईले ७० आसपासका बूढाहरूको जति पनि विद्रोह गर्ने चेत र आँट नभएको भनेर आलोचना गरेका हुन।

पार्टी पुनःस्थापनायता एमालेका कुनै पनि औपचारिक बैठकमा सहभागी नभएका भीम रावल, घनश्याम भुसाललगायतका नेताहरू पहिलोपटक आज स्थायी कमिटी बैठकमा सहभागी हुँदै ओलीकै नेतृत्वमा अगाडि बढ्ने निर्णय गरेका छन्।

यसैप्रति असन्तुष्टि जनाएका डा। भट्टराईले ‘हामी सत्तरी आसपासका बूढाहरूको जत्ति पनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेत÷आँट नभएका दोस्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै। बाघ बूढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला१ ओली सुध्रन्छन् र गोरु ब्याउँछ भनेर आश गर्नु उस्तै उस्तै हैन ररु चुनाव चिह्न नै पार्टी हो ररु खै चेत१’ भन्दै ट्वीटरमा आलोचना गरेका छन् ।

नेकपा एमालेको आजको स्थायी कमिटी वैठकले १० बुँदे सहमति कार्यान्वयन क्रममा उत्पन्न हुने समस्या समाधान गर्न कार्यदल गठन गरेको छ। बैठकले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन सिफारिस समेत गर्न सो कार्यदल गठन गर्ने निर्णय गरेको हो।

कार्यदलमा महासचिव ईश्वर पोखरेलसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथा लेखराज भट्ट रहेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five + five =