किङ कोहलीले बनाए नयाँ बिश्व किर्तिमान, यस्तो रेकर्ड बनाउने उनि एक्लो खेलाडी

काठमाडौँ । क्रिस गेल र कप्तान केएल राहुलको उत्कृष्ट प्रदर्शनमा किङ्स इलाभेन पन्जाबले आईपीएलमा दोस्रो जित हात पारेको छ । यूएईमा जारी प्रतियोगितामा पन्जाबले बिहीबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो । सारजाह क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पन्जाबले २० ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो ।

यो खेलको मैदानमा उत्रिए लगत्तै रोयल च्यालेन्जर्स बैंगलोर कप्तान विराट कोहोलीले रेकर्ड बनाएका छन् । उनले एकै टिमबाट २०० म्याच खेल्ने पहिलो खेलाडीको रेकर्ड बनाएका हुन् । कुनै पनि एक टोलीका लागि दुई सय टी-ट्‍वान्टी खेल अहिलेसम्म विश्‍व क्रिकेटमा कुनै पनि अन्य क्रिकेटरले खेलेका छैनन् ।

विराट कोहलीपछि यो रेकर्ड सोमरसेटका जेम्स हिल्ड्रेथको नाममा छ । उनले एक टीमका १९६ टी-ट्‍वान्टी खेल खेलेका छन् । कुनै पनि एक टोलीका लागि दुई सय टी-ट्‍वान्टी खेल अहिलेसम्म विश्‍व क्रिकेटमा कुनै पनि अन्य क्रिकेटरले खेलेका छैनन् । विराट कोहलीपछि यो रेकर्ड सोमरसेटका जेम्स हिल्ड्रेथको नाममा छ । उनले एक टीमका १९६ टी-ट्‍वान्टी खेल खेलेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty six ÷ six =