माधव नेपाल विश्व रेकर्ड राख्दैं !

काठमान्डौं । पछिल्लो केही महिना यता भर्खरै मान्यता पाएको एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल नेपाली राजनीतिको केन्द्रमा छन् । अध्यक्ष नेपालले आफ्नै पार्टीका अध्यक्षलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउने देखि त्यतिखेरको प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई देशको बागडोर सुम्पिन मेनरोल खेले ।

देउवा नेतृत्वको सरकारले दल विभाजन गर्न सजिलो हुनेगरी अध्यादेश ल्याएपछि नेपालले एमाले फुटाए र अहिले सरकारमा सहभागी हुने तयारीमा छन् । यतिबेला माधव नेपाललई अर्को संकट आइलागेको छ ।

मन्त्रीका आकांक्षीहरु धेरै छन् । अप्ठ्यारो बेला गुट समेत फेरेर साथ दिएकाहरुले मन्त्री नबनाए पार्टी नै त्याग्ने चेतावनी दिएका छन् तर माधव नेपाल भने वडा सदस्यमा चुनाव हारेकाहरुलाई मन्त्री बनाउने ध्याउन्नमा छन् । नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएका छन् भने सरकार झन बलियो बनेको छ ।

माधवकुमार नेपालले एमाले विभाजन गराएर एकिकृत समाजवादी पार्टी दर्ता गराएका छन् भने जनता सभाजवादी पार्टी फुटाएर महन्थ ठाकुरले लोकतान्त्रीक समाजवादी पार्टी दर्ता गराएका छन् ।

एमालेमा रहँदा माधव नेपाललाई जीन्दगीभर साथ दिएका जनाधार बलियो भएका हाइप्रोफाइल नेताहरु धेरैले साथ दिएनन् । तै पनी माधव नेपाल एमाले फुटाइ छोड्ने मिसनमा अगाडी बढे र अहिले नयाँ दल दर्ता गरिकन सो पार्टीको अध्यक्ष बने ।

जनाधार बलियो भएका नेताहरुले साथ नदिए पछि निर्वाचन भने पछि परैबाट तर्सिने, निर्वाचनमा लज्जास्पद पराजय भोगेका र निवार्चन सँग कहिल्यै साइनो नभएका समेत धेरै नेताहरुलाई बोकेर माधव नेपालले पार्टी विभाजन गराएका छन् ।

विरोध खतिवडा बाहेक पटक–पटक निर्वाचन फेस गरेको र चुनाव जितेको नेता कसैले पनि साथ दिएका छैनन् माधव नेपाललाई । रामकुमारी झाँक्रीले जति नै चर्का कुरा गरे पनि आजसम्म स्ववियुको निर्वाचन समेत जितेकी छैनन् ।

सांसदमा उनलाई एमालेले कहिल्यै प्रत्यक्ष निर्वाचनका लागि टिकट दिएन । यस पटक रामकुमारी एमालेको समानुपातिक लिष्टबाट सांसद बनेकी हुन् ।

वडा सदस्यमा पराजित भएर पनि पछि पार्टीको समानुपातिक लिष्टमा पर्न सफल सांसद लक्ष्मी चौधरीले पनि माधव नेपाललाई साथ दिएकी छिन् । भिम रावलको विशेष कृपामा सांसद बनाइएकी उनी अब मन्त्री बन्ने भएकी छन् । वडा सदस्यमा पराजित चौधरीलाई मन्त्री बनाएर माधव नेपालले विश्व रेकर्ड राख्न लागेको चर्चा राजनीतिक बजारमा चलेको छ ।

माधव नेपालले मन्त्रीकै ललिपप देखाएपछि लक्ष्मी चौधरीले अन्तिम समयमा आएर माधव नेपाललाई साथ दिएकी हुन् । नेपालले आफूसँग लागेका सबैलाई मन्त्री बनाउने बचन दिइसकेका छन् ।

चौधरीलाई माधव नेपाले उपसभामुख वा मन्त्री नभए पनि राज्यमन्त्रीसम्म बनाउँने बचन दिएका छन् । माधव नेपालले आफूलाई साथ दिने जती सबै सांसदलाई मन्त्री बनाउँने तुरुप फालेपछि सबैजना अहिले दंग छन् ।

६–६ महिनामा मन्त्री फेरेर भए पनि सबैलाई मन्त्री बनाउँने बचन माधव नेपालले दिएको स्रोतको दावी छ । उनको पक्षमा संघिय संसदका ३३ जना सदस्यले साथ दिएका छन् ।

अहिले प्रतिनिधी सभामा समानुपातिक सांसद बनेकी चौधरी कैलालीको धनगढी उपमहानगरपालिका–५ को वडा सदस्यको उमेद्धार बनेकी थिइन । तर उनले वडा सदस्य पनि जित्न नसकेर नमजाले पराजित बनेकी थिइन् ।

सासंद चौधरी २०७४ को स्थानिय निर्वाचनमा धनगढी उपमहानगरपालिका–५ बाट वडा सदस्य पदमा पराजित भएकी थिइन् । त्यसक्रममा तत्कालिन एमालेबाट उमेद्धार चौधरीले ७९८ मत प्राप्त गरेकी थिइन् भने उनिसंगै उमेद्धार रहेकी नेपाली कांग्रेसकी यसोदा भण्डारीले १७८७ मतले चौधरी ल्याएर विजय भएकी थिइन् । भण्डारीको तुलनामा चौधरीले आधाभन्दा कम मतले हारेकी थिइन् । चौधरी पहुँचकै आधारमा सामानुपातिकबाट प्रतिनिधि सभा सासंद बनिन् ।

नेपाली कांग्रेसबाट निर्वाचित उप–महानगरपालिका–५ का वडा अध्यक्ष हिरा सिं पातलीले चौधरी आफ्नो वडामा तत्कालिन एमालेबाट वडा सदस्यको उम्मेदवार रहेको र आफूहरुले एमालेको प्यानलै पराजित गरेको बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventeen − fourteen =