अचानक दिनेश कार्तिकले छोडे कोलकत्ताको कप्तानी, मोर्गन बने नयाँ कप्तान

काठमाडौं : राम्रो नतिजा नआएको भन्दै कोलकाता नाइट राइडर्सले दिनेश कार्थिकलाई कप्तानबाट हटाएको छ। कार्तिकको ठाउँमा इयान मोर्गनलाई कप्तान बनाएको छ । मोर्गन इङ्ल्याण्डको राष्ट्रिय टोलीका कप्तान पनि हुन् ।

आइपएिल यस सिजनमा ७ खेलमा दिनेश कार्तिकले कप्तानी गरेका थिए । त्यसमा ४ खेलमा जित निकाल्न सफल भएका थिए । कार्तिकले ब्याटिङमा ध्यान केन्द्रीत गर्नका लागि आफूले कप्तानी छाडेको जानकारी दिएका छन् ।

कोलकाता नाइट राइडर्सका सीईओ वेन्की मैसुरको तर्फबाट निकालिएको एक विज्ञप्तिमा भनिएको छ, ‘हामी भाग्यशाली छौँ कि हामीसँग दिनेश कार्तिक जस्ता टिम लिडर छन्, जो टिमलाई सबैभन्दा अघि राख्छन् । उनी जस्ता कुनै व्यक्तिका लागि यस्तो निर्णय लिनु निकै हिम्मतको कुरा हो ।’

उनले इयान मोर्गन जस्तो कप्तान पाएकोमा निकै खुसी व्यक्त गरेका छन् । ‘हामी भाग्यशाली छौँ कि २०१९ हामीले विश्वकप विजेता, मोर्गनजस्तो कप्तान पाएका छौं।’ माइसुरले भनेका छन् । उनले टिमलाई सही नेतृत्व दिनेमा विश्वस्त रहेको उनले बताए । मोर्गनले टिमको कप्तानी सम्हाली सकेका छन् । जारी आइपिएलमा कोलकाता अहिले चौथो स्थानमा छ। सात खेलबाट चार खेलमा जित र तीन खेलमा हार ब्यहोरेको कोलकाताले आठ अंक बनाएको छ।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two × four =