बालुवाटार वार्ता : प्रचण्ड र नेपालसँग देउवाले मागे मन्त्रीको नाम ! को बन्ने भए मन्त्री ?

काठमान्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद विस्तारमा केन्द्रित रहेर तीन नेताबीच छलफल भएको हो ।

बालुवाटार स्रोतका अनुसार उनीहरूबीच आजै साँझसम्म मन्त्रीहरूको नामावली टुंगो लगाउनेबारे छलफल भएको छ । देउवाले आजै साँझसम्म मन्त्रीहरूको नाम पठाउन नेपाल र प्रचण्डलाई आग्रह गरेका छन् ।

लामो समयदेखि मन्त्रिपरिषद विस्तार गर्न नसकेर आलोचना खेपिरहेका देउवाले माधव नेपालको दल दर्ता भएसँगै यसको तयारी तीव्र बनाएका हुन् ।

सरकारमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) पार्टी सहभागी हुनेछन् । माओवादी केन्द्र यसअघि नै सहभागी भइसकेको हो भने अन्य दल अब सहभागी हुन गइरहेका छन् ।

एमाले परित्याग गरेर नयाँ दल दर्ता गरेका माधव नेपाललाई ५ वा ६ मन्त्रालय दिनेगरी सहमति भएको बालुवाटार स्रोतले फरकधारलाई जानकारी दियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty six ÷ twenty eight =