काठमान्डौं । नेकपा (एमाले) बाट अलग्गिएर नेकपा (एकीकृत समाजवादी) निर्माण गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई दोस्रो तहका नेताहरूले धोका दिएको बताएका छन्।
पेशागत महासंघले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नवगठित पार्टीका अध्यक्ष नेपालले पार्टी फुटाएर नयाँ यात्रा तय गर्न प्रोत्साहन गर्ने एमाले नेताहरू भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसालले नै केपी ओलीलाई साथ दिएको बताए।
उनले भने, ‘पार्टी फुटाउन विधान बनाएका र नयाँ पार्टीसमेत दर्ता गरिसकेका दोस्रो तहका नेताहरूले केपी ओलीजस्तो बेइमान मानिससँग रहेकोमा अचम्म लागेको छ। ‘अन्तिम अवस्थामा आएर आफ्नो साथ छाडेका नेताहरूलाई व्यंग गर्दै उनले भने, ‘मलाई धकेलेर अगाडि बढ भन्नेहरू नै पछाडि हेर्छु त कोही छैनन्।’
दोस्रो पुस्ताका नेताहरू बलियो दृढता लिएर आफ्नो पार्टीमा आए, आफू नेतृत्वबाट आराम गर्ने र अध्यक्ष पद युवा पुस्तालाई हस्तान्तरण गर्ने उनले बताएका छन्। उनले पहिलोपल्ट सार्वजनिक कार्यक्रममै अनुहार मलिन (रूदै) बनाएर भावुक हुँदै नेपालले भने, ‘दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म खुशी(खुशी तयार छु।
आउनुहोस्, अध्यक्ष बन्नुहोस्। बलियो नेतृत्व गरेर पार्टीलाई उचाइमा लग्नुहोस्। मैले पदको लागि वि’द्रोह गरेको होइन्, वैचारिक सत्यको लागि वि’द्रोह गरेको हुँ।’ बीएल नेपाली सेवा