सत्ता गठबन्धनको बैठक जारी, आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी !

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबिच बिहानैदेखी छलफल सुरु भएको छ । मन्त्रालय भागबण्डामा सहमति जुट्न नसक्दा सत्तारुढ गठबन्धन दलहरु फेरी छलफलमा जुटेका हुन् ।

सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु शनिबारदेखी निरन्तर मन्त्रिपरिषद विस्तार र मन्त्रालयहरुको भागबण्डाका लागि छलफल जुटपनि सहमतीमा पुग्न सकेका छैनन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्मकमल दाहाज प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई सहभागी रहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको डेढ महिना पुग्दा पनि दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति हुन नसक्दा मन्त्रिपरिषदले पूर्णता पाएको छैन ।

गठबन्धनमा आबद्ध दलहरुको पछिल्ला बैठकहरुले निकास दिन नसपनी आज चाहिँ सहमति जुटाएर मन्त्री बन्नेहरूको नाम टुंगो लगाउने र सम्भवतः आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको जनाइएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five × = 5