कप्तान फेरिएपनि रोकिएन कोलकत्ताको हार, मुम्बई ८ विकेटले बिजयी

एजेन्सी, कार्तिक १ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्स तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शेख जायद क्रिकेट स्टेडियममा शुक्रबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।

कोलकत्ताले दिएको १ सय ४९ रनको लक्ष्य मुम्बईले १६ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । मुम्बईको जितमा क्विनटन डी ककले अविजित ७८, कप्तान रोहित शर्माले ३५, सूर्यकुमार यादबले १० तथा हार्दिक पाण्डेयले २१ रन जोडे । कोलकत्ताका भरुण चक्रवर्ती र शिबम माभीले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । कोलकत्ताको लागि पाट कुमिन्सले अविजित ५३, कप्तान इयान मोर्गनले ३९, सुबमन गिलले २१ र आन्द्रे रसेलले १२ रन जोडे । मुम्बईका राहुल चाहरले २ विकेट लिए । यस्तै ट्रेन्ट बोल्ट, कल्टर नेइल र जस्प्रित बुम्राहले १/१ विकेट लिए । कोलकत्तालाई हराएसँगै मुम्बईले लिगमा छैटौं जित निकालेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

10 ÷ = one