काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउन स्थायी कमिटी बैठक बोलाएका छन्।
उनले आज (सोमबार) पेरिसडाँडास्थित पार्टी कार्यालयमा अपराह्न १ बजेका लागि बैठक बोलाएका हुन्। आज बिहान सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बसेको थियो। उक्त बैठकमा चाँडोभन्दा चाँडो मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको थियो।
यसअघि माओवादी केन्द्रबाट दुई जना सरकारमा सहभागी भइसकेका छन्। अब कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने विषय टुंगो लागिसकेको छैन।
स्थायी कमिटी सदस्य हरिबोल गजुरेलको नेतृत्वमा सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ।
Facebook Comments Box