काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल भारतमा लामो उपचारपछि आज स्वदेश फर्किएका छन् ।
खनाललाई सो पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।नेता खनालले भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए ।
त्यहाँ उपचाररत छँदा नेपालमा एमाले विभाजित बनेपछि उनले एकीकृत समाजवादीका पक्षमा आफूलाई उभ्याएका छन् ।
उनले भारतबाटै नयाँ पार्टी दर्ता प्रक्रियाको लागि सनाखत गर्न आफ्नो वारेसनामा निर्वाचन आयोगमा पठाएका थिए ।
Facebook Comments Box