काठमाडौं । नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य रामकुमार शर्माले प्रचण्डलाई हिरोको संज्ञा दिएका छन । उनि भन्छन, अहिले पनि नेपाली जनताहरुको आशाको केन्द्र माओवादी र प्रचण्ड नै हो । जनता टेलिभजनको जन–संवाद कार्यक्रमको अन्तर्वार्ताको क्रममा उनले यस्तो बताएका हुन ।
अहिले पनि नेपाली जनताहरुको आशा र विश्वास माओवादी र प्रचण्डसंगै गरेको छ तर त्यस अनुकुल आफुहरुले काम गर्न नसकिरहेको त्यो सत्य हो, यो सत्य हो कि जसरी जनताहरुको चाहाना छ, जे जनाताहरुले अपेक्षा गरेका छन, त्यसरी काम भइनरहेको अवस्था छ ।
तर अहिले जतिपनि पार्टीहरु देखिएका छन त्यस मध्ये अहिले पनि परिवर्तनको नेतत्व गर्ने, एग्रेसिभ्लि जनताको पक्षमा निणर्य गर्न सक्ने नेता को हो रु या यो देशलाई दिर्शानिर्देश गर्न सक्ने नेता को हो रु भनेर भन्ने हो भने हेर्नु भयो भने कहि न कहि प्रचण्ड नै आशाको केन्द्रमा अझै पनि देखिन्छ
। यदि प्रचण्डले एक दशक देशको नेतत्व गरेर आफुहरु त्यसमा काम गर्न सकेको भए, हामीले सोचे अनुकारको अर्थिक, सामाजिक, राजनीतिक परिवर्तन गर्न सक्थ्यौ तर त्यो हुन सकेन ।
समाजवाद स्थापनाको लागि नेपाली जनताले कम्युनिष्ट पार्टीलाई दुइै तिहाई मद दिएको थियो । नेपाली जनताले कम्युनिष्ट पार्टी बिभाजन नचाहेको पनि बताए । बिभाजन दुखद र जनभावना अनुकुल नरहेको बताए ।
राष्ट्रिय आवश्यकता पुरा गर्न पनि यसले समस्या निम्त्याउने, समाजवाद स्थापना गर्ने भनेर अघि बढेकाहरुले कम्युनिष्ट पार्टी बिभाजनको जवाफ दिनुपर्ने बताए । जसनयु’द्ध अधुरो क्रान्त्रि भएकोले नेपाली राजनीतिमा दुभाग्य भएको यदि क्रान्त्रि पुरा भएको भए देशले एउटा दिशा तय गर्ने थियो ।