मन्त्रालयको भागबन्डा टुंगो लगाउन बालुवाटारमा सत्ता गठबन्धको बैठक जारी

काठमाण्डौं । बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक जारी छ । केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा मन्त्रालयको भागबन्डा टुंगो लगाउने विषयमा छलफल भइरहेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनका शीर्ष नेताहरूबीच छलफल चलिरहेको जानकारी दिए ।

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीबाट अध्यक्ष माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य बेदुराम भुसाल, जनता समाजवादी पार्टी ९जसपा० बाट अध्यक्ष उपेन्द्र यादव र डा। बाबुराम भट्टराई सहभागी छन् ।

आजको बैठकले गठबन्धनका दलबीच बाँकी मन्त्रालय भागबन्डा गरेर सहमति जुटाउने र बुधबारसम्म सरकारलाई पूर्णता दिने तयारी गरेको छ । गठबन्धनबाट देउवा प्रधानमन्त्री बनेको ५० दिन भइसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । जसले गर्दा देउवाको सर्वत्र चर्को आलोचना भइरहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = 3