माओवादीको भिजन : गठबन्धन भत्किन नदिने, एकताको पहल पनि गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पाँच दलीय गठबन्धनलाई निरन्तरता दिँदै कम्युनिस्ट घटकहरुबीचको एकताको पहल पनि जारी राख्ने नीति लिएको छ । पार्टीलाई व्यवस्थित, संस्थागत सक्रिय र क्रान्तिकारीकरण गर्ने कार्यलाई मुख्य बनाउँदै क्रान्तिकारीहरुको बीचको एकता र ध्रुवीकरणको निम्ति पनि पहल गर्नुपर्ने माओवादीको निष्कर्ष छ ।

यस्तै, सो पार्टीले विगतमा एमालेसँग एकता गर्नु कतिपय कमजोरीका बीच पनि सही भएको ठहर गर्दै त्यसबाट पाठ सिक्दै अघि बढ्नुपर्ने औंल्याएको छ ।

‘हाम्रो पार्टीलाई व्यवस्थित, संस्थागत सक्रिय र क्रान्तिकारीकरण गर्ने कार्यलाई मुख्य बनाउँदै हामीले क्रान्तिकारीहरुको बीचको एकता र धु्रवीकरणको निम्ति पनि पहल गर्नु पर्दछ’, माओवादी केन्द्रको निष्कर्ष छ, ‘तत्कालीन नेकपा९एमाले० सँग पार्टी एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टी (ने क पा) निर्माण र सञ्चालनको क्रममा कतिपय कमीकमजोरीहरू भएको हुन सक्दछ र त्यसलाई आवश्यकता अनुसार समीक्षा गर्न सकिन्छ ।’

हालै सम्पन्न माओवादी केन्द्रीय समितिको बैठकमा पारित प्रतिवेदनमा अगाडि भनिएको छ, ‘पार्टी एकीकरण र नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को निर्माण ऐतिहासिक महत्त्वको सही कदम नै हो । त्यसबाट शिक्षा लिनुको अर्थ एकता र ध्रुवीकरणको आवश्यकताबाट विचलित हुनु होइन भन्ने कुरामा स्पष्टताको आवश्यकता छ ।’

यस्तै माओवादी केन्द्रले ५ दलीय गठबन्धनको आवश्यकता र औचित्यमाथि प्रकाश पार्दै यस्तो गठबन्धनलाई चुनावसम्मै अघि बढाउनुपर्नेमा जोड दिएको छ । माओवादीको बुझाइमा ५ दलीय गठबन्धन प्रतिगमनविरुद्धको संघर्षको क्रममा आवश्यकताले जन्म भएको हो । उसले भनेको छ, ‘यो गठबन्धन र यसमा आधारित संयुक्त सरकारलाई प्रतिनिधिसभाको कार्यकालको पूर्णता र संविधान अनुरुप निर्वाचन सम्पन्न गर्ने बिन्दुसम्म सफलतापूर्वक अघि बढाउनुपर्दछ ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

48 − = forty seven