काठमाडौँ । सुदुरपश्चिम प्रदेशका १० सांसदले नेकपा एकीकृत समाजावादी रोजेका छन् । नेकपा एमालेबाट प्रदेशभा सदस्यमा निर्वाचित उनीहरूले मंगलबार सुदुरपश्चिम प्रदेश निर्वाचन आयोगको कार्यालय पुगी नेकपा एकीकृत समाजवादी पार्टी रोजेको भन्दै सनाखत गरेका छन् ।
एमाले छाडेर एकीकृत समाजवादीतर्फ लाग्नेमा पूर्णा जोशी, दुर्गा विक, माया भट्ट, अम्मरबहादुर साउद, कुलवीर चौधरी, मना साउद, सुशीला बुढाथोकी, बलबहादुर सोडारी, लालबहादुर खड्का र चुनकुमारी चौधरी छन्।
म पनि मुख्यमन्त्रीको दाबेदार हुँः माधव पौडेल
बागमती प्रदेशका सांसद माधव पौडेलले आफू पनि मुख्यमन्त्री पदको दाबेदार रहेको जिकिर गरेका छन्।
२ भदौंमा मुख्यन्त्री नियुक्त भएकी एमाले उपाध्यक्ष अष्टलक्षी शाक्य अल्पमतमा परेपछि सांसद पौडेलले आफूलाई मुख्यमन्त्रीको दाबेदारी प्रस्तुत गरेका हुन्।
उनले मुख्यमन्त्री शाक्य अझै पनि एकीकृत समाजवादीमा आउने सम्भावना रहेको उल्लेख गरे। ‘हामीले अहिले नै कसलाई मुख्यमन्त्री बनाउने भनेर सल्लाह गरेका छैनौं, हामीलाई लाग्छ कि अष्टलक्ष्मी एमालेमा रहनुहुन्न। उहाँले २२ गतेभित्र हाम्रो पार्टी ९एकीकृत समाजवादी०मा आएर सनाखत गर्नुहुन्छ,’ पौडेलले केन्द्रबिन्दुसँग भने, ‘यदि उहाँले त्यसो गर्नु भएन भने हामी अर्को व्यक्तिलाई मुख्यमन्त्री बनाउछौं, त्यो व्यक्ति म पनि हुन सक्छु।’
सांसद पौडेललाई तपाईको भन्दा पनि सांसद राजेन्द्र पाण्डेको सम्भावना र चर्चा चलेको छ नि रु भनी प्रश्न गर्दा मुख्यमन्त्री बन्न संसदीय दलको नेता छानिनुपर्ने बताए। ‘तपाईंले नाम लिनुभएको सांसदले पनि रहर गर्नुभएको होला, रहर गर्न पाइन्छ नि। तर, पछि जो संसदीय दलको नेता छानिन्छ ऊ नै मुख्यमन्त्री बन्ने हो।’ अझै पनि मुख्यमन्त्री शाक्य एकीकृत समाजवादीमा आउने कुरामा आफू विश्वस्त रहेकाले अरु झन्झट नआउने उनले जनाए।
यदि शाक्यले एमालेमै बस्ने निर्णय गरेमा एकीकृत समाजवादीले उहाँलाई नसघाउने पौडेलले स्पष्ट पारे। ‘बागमतीमा पनि केन्द्रमा जस्तै गठबन्धनको सरकार बन्छ, हामी पार्टीको ह्वीपभन्दा पर जादैँनौं, उनले भने।
मुख्यमन्त्री शाक्य मंगलबारदेखि पूर्ण रूपमा अल्पमतमा परेकी छिन्। उनलाई साथ दिँदै आएका एमालेका १२ जना सांसदले मंगलबार प्रदेश निर्वाचन आयोगमा नयाँ पार्टीमा जाने भनी सनाखत गरिसकेका छन्।
सांसद पौडेलले एकीकृत समाजवादीमा बागमती प्रदेशबाट १२ जना मात्र होइन, अरु ४ जना सांसद पनि थपिने दाबी गरे। शाक्य नेतृत्वको सरकार जोगाउन ५५ सांसदको समर्थन जरुरी पर्ने भए पनि अहिले उनको पक्षमा ४४ जना सांसद मात्र देखिएका छन्।