यी प्रदेशहरुमा एमालेभन्दा एकीकृत समाजवादी ठूलो !

काठमान्डौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले पनि आफ्नो शक्ति देखाएको छ । हाल केन्द्रका साथै प्रदेश र स्थानिय तहमा पनि एकीकृत समाजवादीले आफ्नो जग बलियो बनाउदै लगेको छ । कतिपय प्रदेशमा एकीकृत समाजवादी एमालेभन्दा शक्तिशाली देखिएको छ । एकीकृत समाजवादी दुईवटा प्रदेशमा एमालेभन्दा ठूलो शक्ति बनेको हो ।

प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा भने एकीकृत समाजवादीको नयाँ दल एमालेभन्दा ठूलो बनेको छ । एकीकृत समाजवादीकै कारण विभिन्न प्रदेशका सरकार परिवर्तन भैरहेका छन् भने प्रदेश नम्बर २ मा भने जसपाको तर्फबाट मुख्यमन्त्री बनेका लालबाबु राउतको पद सुरक्षित देखिएको छ । प्रदेश सभामा हाल कायम रहेको सदस्य संख्या एक सय चार हो । यसमध्येबाट बहुमत पुर्याउनका लागि ५३ जनाको आवश्यक पर्छ ।

सम्बन्धित विषय

एकीकृत समाजवादीमा जान लागेका नेतालाई एमालेका नेता–कार्यकर्ताले घरभित्रै थुने !

एमालेलाई एकपछि अर्को झड्का,११ सांसद नेकपा ९एस० मा प्रवेश, अझै थपिने ! (नामावलीसहित)

एमाले अध्यक्षका लागि योग्य छुः ईश्वर पोखरेल

झलनाथ खनालका कारण रोकियो मन्त्रिपरिषद् विस्तार !
प्रदेश २ मा राउतको पद सुरक्षित राख्न सुविधाजनक बहुमत पुग्छ । मुख्यमन्त्रीको दल जसपाका तयहाँ ५५ सांसद थिए । त्यसमध्ये ११ जनाले नयाँ दल लोकतान्त्रिक समाजवादी रोजेका छन् । त्यस्तै, एमालेका १९ जना सांसदमध्ये १३ जनाले एकिकृत समाजवादी रोजेका छन् । प्रदेश सभामा कांग्रेसका १९ र माओवादीका आठ जना सांसद छन् ।

सुदूरपश्चिम प्रदेश सभाबाट माओवादी केन्द्रबाट मुख्यमन्त्री त्रिलोचन भट्टले केही महिनाअघि मात्रै विश्वासको मत लिएका थिए । प्रदेश सभामा रहेका कुल ५२ जनामध्ये भट्टले ३० मतसहित विश्वासको मत प्राप्त गरेका थिए, जब कि २७ मत भए बहुमत पुग्छ ।

सुदूरपश्चिममा एमाले नेता भीम रावलको प्रभाव रहेपनि एकीकृत समाजवादी ठूलो शक्ति बनेकाले एमालेलाई झड्का लागेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− two = two